images
images

अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात गर्ने व्यक्ति पार्टीको सदस्य भए रास्वपाले कारवाही गर्ने

अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात गर्ने व्यक्ति पार्टीको सदस्य भए रास्वपाले कारवाही गर्ने

बिहिवार, माघ ३ २०८१
बिहिवार, माघ ३ २०८१
  • अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात गर्ने व्यक्ति पार्टीको सदस्य भए रास्वपाले कारवाही गर्ने
    images
    images

    काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात गर्नेमा पार्टी सदस्य संलग्न भएको पाइए कारबाही गर्ने जनाएको छ ।

    बुधबार रास्वपाले  विज्ञप्ति  जारी गर्दै पार्टीको सम्बन्धित अनुशासन विभागको ध्यानाकर्षण भएको र सो घटनामा यदि दलको कुनै पनि सदस्यको संलग्नता भेटिएमा आवश्यक कारबाही हुने जनाएको  छ ।

    “यस विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीको सम्बन्धित अनुशासन विभागको ध्यानाकर्षण भएको छ र सो घटनामा यदि दलको कुनै पनि सदस्यको संलग्नता भेटिएमा आवश्यक कारबाही हुनेछ, पक्कै पनि यस किसिमको व्यवहार कानुनी शासन, सुदृढ राजनीतिक अभ्यास र न्यायप्रति विश्वास राख्ने राजनितिक दलको लागि स्वीकार्य छैन, रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।” 

    बुधबार काठमाडौँ जिल्ला अदालत परिसरभित्र रास्वपा सभापति एवं सहकारी ठगीका आरोपित रवि लामिछानेविरुद्धको मुद्दामा थुनछेक बहस सकेर बाहिरिने क्रममा वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि एक समूहले हातपात गरेको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार