images
images

सिमेन्टमा भएको मूल्यबृद्धिप्रति पोखरा र लेखनाथ उद्योग वाणिज्य संघको कडा आपत्ति

सिमेन्टमा भएको मूल्यबृद्धिप्रति पोखरा र लेखनाथ उद्योग वाणिज्य संघको कडा आपत्ति

मंगलवार, पुस २३ २०८१
मंगलवार, पुस २३ २०८१
  • images
    images
    सिमेन्टमा भएको मूल्यबृद्धिप्रति पोखरा र लेखनाथ उद्योग वाणिज्य संघको कडा आपत्ति
    images
    images

    पोखरा सिमेन्टमा भएको ’अस्वाभाविक’ मूल्यबृद्धिप्रति पोखरा उद्योग वाणिज्य संघ र लेखनाथ उद्योग वाणिज्य संघले आपत्ति जनाएका छन् ।
      
    पोखरा उद्योग वाणिज्य संघका महासचिव शोभा गौतम र लेखनाथ उद्योग वाणिज्य संघका महासचिव जानुका पराजुली अधिकारीले सोमबार एक संयुक्त बिज्ञप्ति निकालेर सिमेण्टमा भएको ’अस्वाभाविक’ मूल्यबृद्धिप्रति आपत्ति जनाएका हुन् ।
      
    उक्त बिज्ञप्तिमार्फत सिमेण्टमा मूल्य बढेकै कारण भौतिक निर्माणका कामहरु रोकिएको जिकिर गर्दै यस  अत्यधिक मूल्यबृद्धिले भौतिक निर्माणको गति धीमा हुनेमा चिन्ता प्रकट गरिएको छ ।
      
    पछिल्लो एक महिनाभित्र प्रति बोरा सिमेण्टको मूल्यमा तीनसय ५० रुपैयाँसम्म मूल्य बढेको जिकिर गर्दै दुबै संघको तर्फबाट जारी विज्ञप्तिमा मूल्यबृद्धि  अस्वभाविक भएको जिकिरमात्र गरिएको छैन, मूल्यबृद्धि फिर्ता  लिन,प्रतिस्पर्धात्मक अर्थ व्यवस्थाको सम्मान गर्न तथा स्वभाविक रुपले आपूर्तिको प्रबन्ध गर्न माग पनि गरिएको छ ।

    ‘मूल्यबृद्धिबाट निश्चित कार्ययोजना र लागत अनुमानमा भौतिक निर्माणको ठेक्का लिएका निर्माण व्यवसायीहरु मूल्यबृद्धिले सबैभन्दा बढी मारमा परेका छन् । एकातिर राज्यले सम्पन्न भएको कामको भुक्तानी दिएको छैन भने अर्कोतर्फ निर्माण सामग्रीको निश्चित मूल्याङ्कनको आधारमा लिइएको ठेक्कामा लागत बढ्दा उनीहरुको जायजेथा नै गुम्ने अवस्था सिर्जना भएको छ,‘विज्ञप्तिमा भनिएको छ,‘  कतिपय परियोजनाहरु भर्खरै ठेक्कामा गएका छन् ।

    हाम्रो आर्थिक वर्षको स्वरुप र टेण्डर प्रक्रियालाई  नै आधार मान्ने हो भने पनि आउँदा केही महिनाहरु भौतिक निर्माणले गति लिने महिनाहरु हुन् । भौतिक निर्माणले गति लिने बेलैमा सिमेण्ट र अन्य निर्माण सामग्रीको मूल्य बढ्दा सरकारकै भौतिक प्रगति कस्तो रहला ?’  

    विज्ञप्तिमा दुबै उद्योग वाणिज्य संघहरुले संविधानप्रदत्त उद्योगी÷व्यवसायीहरुको मुनाफा लिन पाउने अधिकारको सदैव पक्षपोषण गर्ने भए पनि उपभोक्ता हित संरक्षणलाई पनि आफ्नो दायित्व सम्झने पनि उल्लेख छ ।

     ‘कालोबजारी, कार्टेलिङ र खुला बजार नियन्त्रणमा लिने प्रयत्नलाई हामी   सदैव अस्वीकार गर्दछौँ,’ 
    विज्ञप्तिमा भनिएको छ ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार