images
images

युनिक आर्किटेक्चरल डिजाइन, लक्जरी र विश्रामको संयोजन अपी इन्फ्रा

युनिक आर्किटेक्चरल डिजाइन, लक्जरी र विश्रामको संयोजन अपी इन्फ्रा

सोमवार, पुस २२ २०८१
सोमवार, पुस २२ २०८१
  • युनिक आर्किटेक्चरल डिजाइन, लक्जरी र विश्रामको संयोजन अपी इन्फ्रा
    images
    images

    आधुनिक जीवनशैलीको आवश्यकता र मागलाई पूरा गर्ने भएको कारण पछिल्लो समय सुविधा सम्पन्न लक्जरी अपार्टमेन्टको माग बढ्दो छ । अपार्टमेन्टले तपाईँलाई उत्कृष्ट जीवनशैली मात्रै होइन सुविधा, आराम र उच्चस्तरीय सुरक्षासमेत प्रदान गर्दछ ।

    कतिपय लक्जरी अपार्टमेन्टहरूले तपाईँलाई शान्त र सुरक्षित वातावरणमा फिटनेस सेन्टर, जिम, लाउन्ज, बगैँचा, लन्ड्री रुम, ग्यारेज, स्मार्ट होम टेक्नोलोजी जस्ता सुविधाहरूसमेत प्रदान गर्दछ । 

    ‘क्वालिटी लाइफ’ खोज्ने र थोरै कमाईमा सुविधायुक्त सुरक्षित बसाईँ रोज्नेहरूका लागि अपार्टमेन्ट प्रमुख रोजाइमा पर्दै गएको छ । मर्मतसम्भारको झन्झटबाट बच्न किफायती विकल्पको रूपमा अर्पाटमेन्टको माग बढ्दो छ । सोही मागलाई मध्येनजर गर्दै अपी इन्फ्रा लिमिटेडले लक्जरी अपार्टमेन्टको बिक्री सुरु गरिसकेको छ । 

    काठमाडौँ उपत्यकाको भिआइपी एरियामध्येको एक झम्सिखेलको केन्द्रमा रहेको यो सुविधा सम्पन्न अपार्टमेन्टले लक्जरी जीवनशैलीको सपना पूरा गर्नेछ । 

    उर्जा क्षेत्रमा पहिचान बनाएको अपी पावरले रियल स्टेट क्षेत्रमा पनि  लगानी विस्तार गरेको हो । सो अनुसार अपी इन्फ्रा लिमिटेडले निर्माण गरेको १० तले अत्याधुनिक अर्पाटमेन्ट १२७ करोड रुपैयाँ लगानीमा निर्माण हुँदैछ । कम मूल्यमै सुविधा सम्पन्न घरमा लक्जरी जीवनयापन गर्नेहरूका लागि यो आकर्षणको केन्द्र बनिरहेको छ । 

    प्रारम्भिक चरणमा बुकिङ गर्ने ग्राहकलाई पार्किङ शुल्कमा १०० प्रतिशत छुट उपलब्ध गराउने घोषणा गरिएको कम्पनीका म्यानेजर आशिष बिष्टले जानकारी दिए । 

    उनका अनुसार हालसम्म उक्त अपार्टमेन्ट ३५ प्रतिशत बुकिङ भइसकेको छ । अपार्टमेन्टको बनावट, सुविधा, लक्जरी विशेषताका कारण निकै रुचाइएको उनको भनाइ छ । यहाँबाट बैंक, अस्पताल, बिजनेस हाउस, रेष्टुरेन्ट, एटिएममा पैदलै जान सकिन्छ । 

    साथै, लक्जरियस जीवनशैलीका लागि सो अपार्टमेन्ट निकै उपयोगी हुने उनले बताए । युनिक आर्किटेक्चरल डिजाइन, लक्जरी र विश्रामको उपयुक्त संयोजन रहेको उक्त अपार्टमेन्टले जोकोहीलाई आकर्षित गर्छ । 

    परियोजनाको विशेषताहरू
    ग्राहकहरूको आवश्यकता अनुसार वान बिएचके, टु बीएचके र थ्री बीएचकेका वान बिएचके, टु बीएचके र थ्री बीएचकेलगायतका विभिन्न प्रकारका युनिटहरू उपलब्ध । 

    साउण्ड प्रुफ वाल र प्रिमियम लेमिनेटेड फ्लोर ।

    कोहलर ब्रान्डका उच्च गुणस्तरीय सेनेटरिवेयर ।

    मोसन सेन्सर र स्मार्ट होम प्रविधि ।

    साउन्डप्रूफ ग्याभिटी वाल ।

    नवीन डिजाइन र आधुनिक जीवनशैली ।

    सेवा सुविधाहरू केके छन् ? 

    झम्सीखेलमा ३ रोपनीमा एरियामा बनाउन लागेको अपार्टमेन्ट निर्माणको काम अहिले धमाधम भइरहेको छ । कुल ४३ युनिटको अपार्टमेन्टको निर्माण २ वर्षमा सम्पन्न गर्ने कम्पनीको लक्ष्य छ । विष्टका अनुसार दुई तलामा पार्किङको सुविधा रहेको छ भने यहाँ ५६ ओटा गाडि र ठूलो सङ्ख्यामा बाइक तथा स्कुटर अटाउने बताइएको छ ।

    यसमा जग्गा र र बिल्डिङ  दुबैको खर्च जोडिएको छ भने अपरेटिङ कष्ट धेरै भएकाले स्वीमिङ पुल भने राखिएको छैन । अपार्टमेन्टमा इभी गाडि चार्जिङको सुविधादेखि सेक्युरिटी गार्डको पनि सुविधा छ । सबै युनिटमा स्मार्ट होम फिचर रहने विष्टले जानकारी दिए । 
    अन्य सुविधाहरू यस्ता छन् :

    सामुदायिक मिटिङ हल

    फिटनेश हल

    सीसीटिभी सर्भिलेन्स

    २४सै घण्टा पावर ब्याक अप

    इलेक्ट्रिक भेहिकल (इभि) चार्जिङ सुविधा

    पानी प्रशोधन प्लान्ट

    ढल प्रशोधन प्लान्ट

    युनिटहरू

    युनिट ए : १ हजार ३ सय ७.७१ वर्ग फिट (उत्तर, पश्चिम, पूर्वमुखी) ।

    युनिट बी : १ हजार २ सय ८१.१० वर्ग फिट (दक्षिण, पश्चिममुखी) ।

    युनिट सी : १ हजार ७ सय ६९.१८ वर्ग फिट (पूर्वमुखी) ।

    युनिट डी : १ हजार ३ सय ६०.३६ वर्ग फिट (दक्षिण, पश्चिममुखी) ।

    युनिट ई : १ हजार ४ सय ४.७६ वर्ग फिट (दक्षिण, पूर्वमुखी) ।

    युनिट एफ : १०००.७ वर्ग फिट (दक्षिण, पश्चिममुखी) ।

    युनिट जी : १ हजार ३ सय १९.८१ वर्ग फिट (दक्षिण, पूर्वमुखी) ।

    युनिट एच : १ हजार ३ सय ४०.४३ वर्ग फिट (पूर्वमुखी) ।

    हालसम्म अपार्टमेन्ट ३५ प्रतिशत बुकिङ भइसकेको छ । पायक पर्ने स्थानमा लक्जरी र आकर्षक अपार्टमेन्ट अर्फोटेबल मूल्यमा उपलब्ध गराउने भएपछि मानिसहरूको आकर्षण बढेको बिष्टले बताए ।

    कम्पनीका अनुसार टु बिएचएकेका युनिटहरू  १ हजार २ सय ८० स्क्वायर फिटदेखि १ हजार ३०० स्क्वायर फिटसम्मका छन् । त्यस्तै, थ्री बीएचकेका युनिटरू १ हजार ४०० देखि १ हजार ७ सय ७० स्क्वायरफिटसम्मका छन् । कम्पनीका अनुसार १५ प्रतिशत पेमेन्टमा बुकिङ गर्न सकिनेछ । बाँकी पेमेन्ट सेड्युल अनुसार तिर्न सकिनेछ बताइएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार