images
images

मुद्रा विप्रेषक संघको अध्यक्षमा मित्तल, रेमिट्यान्स व्यवसायलाई प्रविधिमैत्री बनाउनुपर्ने

मुद्रा विप्रेषक संघको अध्यक्षमा मित्तल, रेमिट्यान्स व्यवसायलाई प्रविधिमैत्री बनाउनुपर्ने

सोमवार, पुस २२ २०८१
सोमवार, पुस २२ २०८१
  • मुद्रा विप्रेषक संघको अध्यक्षमा मित्तल, रेमिट्यान्स व्यवसायलाई प्रविधिमैत्री बनाउनुपर्ने
    images
    images

    काठमाडौँ / नेपाल मुद्रा विप्रेषक संघको अध्यक्षमा रितेश मित्तल चयन भएका छन् । संघको सम्पन्न १९औँ वार्षिक साधारण सभाले नेपाल रेमिट ईन्टरनेशनल प्रा.लि.का उनलाई सर्वसम्मत रूपमा नयाँ नेतृत्वको जिम्मेवारी दिएको हो । 

    पुस १८ गते शंकर होटेल काठमाडौँमा अध्यक्ष चन्द्र टण्डनको अध्यक्षतामा सम्पन्न भएको सभाले नयाँ नेतृत्व चयन गरेको हो । संघको कार्य प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष चन्द्र टण्डनले रेमिट्यान्सको पछिल्लो अवस्था सन्तोषजनक रहेको बताए । 

    औपचारिक माध्यमबाट रेमिट्यान्स भित्राउन सबैले सामूहिक प्रयत्न गनुपर्नेमा जोड दिए । 

    आफ्नो कार्यकालमा आफू र आफ्नो कार्यसमितिलार्इ पूर्णत सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्दे अध्यक्ष टण्डनलेले सहमतिमा सबैको प्रतिनिधित्व हुने गरी नयाँ नेतृत्व चयन गरिएको बताए । 

    त्यस्तै, संघको उपाध्यक्षमा सञ्जय सिग्देल (सूर्य रेमिट प्रा. लि.), महासचिवमा दिवाकर पौडेल (आई.एम.ई लिमिटेड), कोषाध्यक्षमा संजिव कुमार पाठक (एटिटि रेमिट प्रा.लि.) सचिवमा रामेश्वर सापकोटा (प्रभू मनिट्रान्स्फर प्रा.लि.) चयन भएका छन् । 

    यसैगरी, कार्यसमिति सदस्यहरूमा विमल महत (सिद्धार्थ बैंक लि.) श्याम प्रसाद लामिछाने (ग्लोबल आईएमई बैंक लि.) मधुसुदन न्यौपाने (प्रभू बैंक लि.) र सुदन सिं सिलवाल (युनाईटेड रेमिट प्रा. लि.) सर्वसम्मत रूपमा चुनिएका छन् । 

    संघको विधान अनुसार अध्यक्षबाट मनोनित हुने सदस्यहरूमध्ये एक जनालाई आगामी कार्यसमिति बैठकमा छलफल गरी मनोनित गर्नेछ । 

    त्यस्तै, कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित अध्यक्ष रितेश मित्तलले नेपालमा रेमिट्यान्स क्षेत्रलाई संस्थागत गर्दै विस्तारित र मर्यादित उद्योगको रूपमा विकास गर्दे लैजाने र सम्पूर्ण रेमिट्यान्स कम्पनीहरूको संस्थागत हितको लागि काम गर्ने प्रतिबद्धता जनाए । 

    साथै, उनले रेमिट्यान्स व्यवसायलाई अझ व्यवस्थित र प्रविधिमैत्री बनाउन आफू लागिपर्ने प्रतिबद्धता पनि व्यक्त गरे । 

    संघको १९औँ वार्षिक साधारण सभाको अवसर पारेर हालसम्म यस संघको पदाधिकारीमा रही काम गरेका पूर्व पदाधिकारीहरूलाई पनि सम्मान गरिएको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार