images
images

बैंकिङ क्षेत्रका कारण सिमेन्ट, उर्जा, डण्डी र उपभोगका विविध क्षेत्र आत्मनिर्भर बन्दैछ : अध्यक्ष पौडेल

बैंकिङ क्षेत्रका कारण सिमेन्ट, उर्जा, डण्डी र उपभोगका विविध क्षेत्र आत्मनिर्भर बन्दैछ : अध्यक्ष पौडेल

शनिवार, पुस २० २०८१
शनिवार, पुस २० २०८१
  • images
    images
    बैंकिङ क्षेत्रका कारण सिमेन्ट, उर्जा, डण्डी र उपभोगका विविध क्षेत्र आत्मनिर्भर बन्दैछ : अध्यक्ष पौडेल
    images
    images

    काठमाडौँ / बैंक तथा वित्तीय परिसंघ नेपाल (सिबिफिन)का अध्यक्ष उपेन्द्र पौडेलले समेन्ट, उर्जा, डण्डी र उपभोगका विविध क्षेत्रमा आत्मनिर्भर बन्दै जानुमा बैंकिङ क्षेत्रको भूमिका रहेको बताएका छन् । 

    images
    images

    शुक्रबार आयोजित सिबिफिन पाँचौँ वार्षिक साधारण सभामा बोल्दै उनले मुलुकको अर्थतन्त्र आजको अवस्थासम्म आइपुग्नुमा बैंकिङ क्षेत्रको उल्लेखनीय भूमिका र योगदान रहेको बताएका हुन् । 

    साथै, उनले बैंकिङ क्षेत्रले गरेका महत्त्वपूर्ण योगदानहरूको कदरसहित यस क्षेत्रलाई कहिकतैबाट प्रोत्साहन र हौसला नमिलेको धारणा व्यक्त गरे । अध्यक्ष पौडेलले उत्पादनमूलक र रोजगारमूलक क्षेत्रमा लगानी भएन भन्ने गुनासोलाई बैंक तथा वित्तीय संस्थाहरुले गहिरो रूपमा चिन्तनमनन गरिरहेको उनको भनाइ छ । 

    उनले भने, “बैंकिङ क्षेत्रको अग्रणी संस्था सिबिफिन र आवद्ध बैंक तथा वित्तीय संस्थाहरुले मुलुकको वर्तमान अवस्था, आवश्यकता र आम अपेक्षालाई हृदयगंम गर्दै जिम्मेवार एवं रूपान्तरणकारी बैंकिङ भूमिका निर्वाह गर्दै आएको छ ।”

    प्रचुर सम्भावना बोकेका कृषि, पर्यटन, जलविद्युत, वनपैदावार, प्रविधिलगायतका क्षेत्रमा लगानी विस्तारका लागि सरकारले उचित वातावरण र नीति तय गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष पौडेलले मुलुकलाई विशाल अर्थतन्त्र र बजार भएका दुई ठूला छिमेकी मित्र राष्ट्रहरूबीचको साँघु बनाई भूराजनीतिक लाभ हासिल गर्न सकिने प्रचुर संभावनालाई सार्थकतामा परिणत गर्न आवश्यक रहेको समेत बताए । 

    दिगो बैंकिङको विकासमार्फत वस्तु तथा सेवाको उत्पादन, उपयोग तथा निर्यात, रोजगारी सृजना, प्रविधि तथा नवप्रवर्तनको विकास, लघु, घरेलु साना तथा मझौला उद्यमहरुको विकास एवं विस्तारसहित खाद्य एवं ऊर्जा सुरक्षा तथा खाद्य सम्प्रभुता हासिल गर्दै वास्तविक अर्थतन्त्रलाई अझ सुदृढ एवं दर्बिलो बनाउनु हामी सबैको कर्तव्य र जिम्मेवार भएको बताउँदै उनले समग्र मुलुकको रुपान्तरणका लागि सिबिफिनले नेपाल सरकार, नियामक निकाय र सरोकारवाला पक्षहरुसँग सदैव निकट सहयोगी एवं परिपुरक संस्थाकोरूपमा भूमिका निर्वाह गर्न हरदम तत्पर रहने धारणा राखे । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार