images
images

१६ लाख ४४ हजारबढीको हात खाली गराएको महुली लघुवित्तको एफपिओको नतिजा कसरी हेर्ने ?

१६ लाख ४४ हजारबढीको हात खाली गराएको महुली लघुवित्तको एफपिओको नतिजा कसरी हेर्ने ?

शुक्रवार, पुस १९ २०८१
शुक्रवार, पुस १९ २०८१
  • १६ लाख ४४ हजारबढीको हात खाली गराएको महुली लघुवित्तको एफपिओको नतिजा कसरी हेर्ने ?
    images
    images

    काठमाडौँ / बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडले महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपिओ बाँडफाँट गरिसकेको छ । क्यापिटलको नक्सालस्थित आफ्नै कार्यालयमा शुक्रबार बिहान नै एफपिओ बाँडफाँट एको हो।

    मागभन्दा बढी आवेदन परेकाले रितपूर्वक आवेदन दिएकामध्येबाट गोलाप्रथा प्रक्रियामार्फत भाग्यमानी ४७ हजार ५४४ जना आवेदकले कम्पनीको एफपिओ प्राप्त गरेका छन् ।

    कम्पनीले पहिलो चरणमा सबै योग्य आवेदकहरूमा गोलाप्रथाको माध्यमबाट न्यूनतम् १० कित्ता एफपिओ बाँडफाँट गर्दा बाँकी रहेको कित्तामध्ये थप ९ जनालाई १ कित्ताका दरले बाँडफाँट गरी बाँकी ०.१५ कित्ता एफपीओ एक जना आवेदकलाई थप भएको छ । 

    यसरी हेर्दा एक जना आवेदकले बढीमा ११.१५ कित्ता एफपिओ हात पारेका हुन । विक्री प्रबन्धकका अनुसार १६ लाख ९२ हजार १०६ जनाले २ करोड २८ लाख ५२ हजार ८० कित्ता एफपिओ माग गर्दै आवेदन दिएका थिए ।

    यीमध्ये रितपूर्वक परेका १६ लाख ८७ हजार ७७४ जना आवेदकको २ करोड २७ लाख ८२ हजार २० कित्ता एफपिओ मागको आवेदनलाई मात्रै बाँडफाँट प्रक्रियामा सहभागी गराइएको थियो । ४ हजार ३३२ आवेदन रद्द भएको बिक्री प्रबन्धक कम्पनीले जनाएको छ।

    कुल आवेदकको सङ्ख्याको आधारमा १६ लाख ४४ हजार ५ सयभन्दा बढीको हात खाली भएको देखिन्छ । मागभन्दा ४८ गुणा बढी आवेदन परेको महुली लघुवित्तको एफपिओ पुस ५ गतेदेखि ९ गतेसम्म सर्वसाधारणमा बिक्री खुला गरिएको थियो । 

    प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँ बराबरको ४ लाख ७५ हजार ४४९.१५ कित्ता एफपिओ निष्कासन गरेको थियो । 

    कसरी हेर्ने रिजल्ट ? 

    महुली लघुवित्तको एफपीओमा आवेदन दिएकाहरूले एफपिओ परेको वा नपरेको थाहा पाउन बिक्री प्रबन्धकको वेबसाइट र सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले विकास गरेको एफपिओको रिजल्ट वेबसाइटबाट पनि हेर्न सकिनेछ । 

    साथै, मेरोसेयरमा लग इन गरेर आफ्नो पोर्टफोलियोमा गएर माइ आस्बामा क्लिक गरी एप्लिकेसन रिर्पोटमा समेत हेर्न सकिन्छ । जहाँ सेयर परेको छ भने ‘एलोटेड’ र परेको छैन भने ‘नट एलोटेड’ देखिनेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार