images
images

शेरा दरबार जग्गा विवादमा प्रचण्डले भने – प्रचण्ड नै दोषी छ भने पनि कारवाही हुनुपर्छ

शेरा दरबार जग्गा विवादमा प्रचण्डले भने – प्रचण्ड नै दोषी छ भने पनि कारवाही हुनुपर्छ

बिहिवार, पुस १८ २०८१
बिहिवार, पुस १८ २०८१
  • शेरा दरबार जग्गा विवादमा प्रचण्डले भने – प्रचण्ड नै दोषी छ भने पनि कारवाही हुनुपर्छ
    images
    images

    काठमाडौँ / नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शेरा दरबारको जग्गा सम्बन्धि विषयमा गम्भिरतापूर्वक अनुसन्धान गर्नुपर्ने बताएका छन् । 

    बैठकमा प्रचण्डले यसअघि पनि राज्यको जमिन व्यक्तिको नाममा गएको छ र छानबिन गर्दै जाँदा प्रचण्ड नै देखिएको छ भनेपनि छानबिनको दायरामा ल्याउन आग्रह गरेका थिए ।

    उनले आफूले ललिता निवासको जग्गा सरकारको नाममा फिर्ता गरे जस्तै शेरा दरबारको जग्गा पनि फिर्ता ल्याएमा सहयोगका साथै सरकारलाई धन्यवाद पनि दिने बताए । 

    उनले भने, “राज्यको र सरकारको जमिन कुनै व्यक्तिको नाममा गर्छ भने जो कोही होस् कानून बमोजिम ल्याउनुपर्छ । यदी छानबिन गर्दै जाँदा प्रचण्ड नै देखाप-यो भने त्यसलाई पनि छानविनको दायरामा ल्याउनुपर्छ । दोषीलाई कारबाही गरियोस् सरकारलाई सहयोग गर्न म तयार छु भनेकै छु । कानुन विपरित काम भएको छ, भने जसरी ललिता निवासको कयौँ रोपनी जग्गा सरकारको नाममा ल्याइयो त्यसरी नै शेरा दरबारको पनि भयो भने जग्गा पनि म सरकारलाई लागि सहयोग मात्र होइन धन्यवाद पनि भन्नेछु ।” 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार