images
images

काठमाडौँ महानगरले निःशूल्क कानूनी सेवा दिइरहेको उपमेयर डंगोलको दाबी

काठमाडौँ महानगरले निःशूल्क कानूनी सेवा दिइरहेको उपमेयर डंगोलको दाबी

शनिवार, पुस १३ २०८१
शनिवार, पुस १३ २०८१
  • काठमाडौँ महानगरले निःशूल्क कानूनी सेवा दिइरहेको उपमेयर डंगोलको दाबी
    images
    images

    काठमाडौँ /  काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले काठमाडौँ  महानगरले अहिले न्यायिक समितिबाट निशूल्क कानुनी सेवा दिइरहेको बताएकी छन् । शनिबार नेपाल सम्वत् ११४५ न्हुः देंको उपलक्ष्यमा आयोजित शुभकामना आदान–प्रदान तथा तुच्चा (जलपान) समारोहलाई सम्बोधन गर्दै उनले न्यायिक समितिबाट थुप्रै कामहरु गरिरहेको महानगरले समितिबाट निशुल्क कानूनी सेवा दिइरहेको बताएकी हुन् ।

    उनले  भनिन्, “न्यायिक समितिबाट थुप्रै कामहरु गरेका छौ । देशभरका उपप्रमुख र न्यायिक समितिका सदस्यहरुलाई आमन्त्रण गरेर पहिलो वर्षमा नै राष्ट्रिय न्यायिक समितिको सम्मेलन गर्यौँ । यसको उद्देश्य सबै आम नागरिकहरुलाई न्यायको पहुँच छिटो छरितो बनाउनु मात्र नभएर समितिले सम्पादन गरेका काममा एकरुपता आओस भन्ने हो । अहिले समितिबाट निशूल्क कानूनी सेवा पनि दिइरहेका छाँै ।”

    साथै उनले ७५ हजारको हाराहारीले निशुल्क कानूनी सेवा लिइ सकेको बताइन् । उनले लैङ्गिकताको आधारमा कुनैपनि हिंसा हुन्छ भने त्यसलाई न्यूनीकरण गर्नका लागि महिला सञ्जाल र त्यो पनि महिला प्रतिनिधिहरुको नेतृत्वमा अघि बढि रहेको बताएकी छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार