images
images

पोखराको फेवाताल किनारमा आजदेखि सडक महोत्सव, केके छन् आकर्षण ?

पोखराको फेवाताल किनारमा आजदेखि सडक महोत्सव, केके छन् आकर्षण ?

शनिवार, पुस १३ २०८१
शनिवार, पुस १३ २०८१
  • पोखराको फेवाताल किनारमा आजदेखि सडक महोत्सव, केके छन् आकर्षण ?
    images
    images

    पोखरामा शनिबारदेखि २६औँ संस्करणको ‘पोखरा सडक महोत्सव’ सुरु हुँदैछ । रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेवान) पोखराको आयोजनामा अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर लेकसाइडको चार किमी क्षेत्रमा पुस १७ गतेसम्म महोत्सव सञ्चालन हुनेछ । भोलिदेखि आयोजना हुने २६औँ संस्करणको महोत्सवको सम्पूर्ण तयारी पूरा भएको महोत्सव संयोजक विकास भट्टराईले जानकारी दिए । 

    सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले एक समारोहका बीच महोत्सवको उद्घाटन गर्ने कार्यसूची तय भएको उनले जानकारी दिए ।

    संयोजक भट्टराईका अनुसार उद्घाटन समारोहअघि लेकसाइडको खहरेबाट विभिन्न जातजाति, ६० भन्दाबढी आमा समूह, पर्यटनसम्बद्ध विभिन्न सङ्घसंस्थालगायत स्थानीयको उपस्थितिमा सांस्कृतिक झाँकीसहित र्‍याली निकालिने छ ।

    महोत्सव सफल पार्न गठित विभिन्न समिति, उपसमितिले आ–आफ्नो तयारी पूरा गरेका जनाएका छन् । महोत्सव तयारीका लागि रेवान पोखराले सुरक्षा परिषद् बैठक, स्वास्थ्य समितिको बैठक, सांस्कृतिक समूहको बैठक सम्पन्न गरेको संयोजक भट्टराईले बताए ।

    ‘सडकमै खाउ, सडकमै रमाउ’ भन्ने नाराका साथ आयोजित महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रम, मौलिक वेशभूषासमेत प्रदर्शन गरिने रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले बताए । महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रिकालीन कन्सर्टलगायत गतिविधि समावेश गरिएका छन् ।

    “सडक महोत्सव पोखराको ‘ब्राण्ड’ बनेको छ । अङ्ग्रेजी नयाँ वर्षका अवसरमा हुने महोत्सवको पर्यटन क्षेत्रलाई चलायमान गराउने विश्वास लिएका छौँ”, अध्यक्ष पौडेलले भने ।

    महोत्सवलाई थप रौनक प्रदान गर्न सडकमा हुने खेलकुदका कार्यक्रमको तयारी पनि पूरा भएको खेलकुद संयोजक सुमन भट्टराईले जानकारी दिए । 

    सडकमा मःम खाने, रस्साकसी, वेटर वेट्रेसहरूको चम्चा दौड, डुङ्गा दौडलगायत आयोजना हुनेछ। त्यसैगरी, अघिल्लो संस्करणमा जस्तै यसपटक पनि पर्यटनका बारेमा जानकारीसहितको सडक संवाद कार्यक्रम हुने रेवानले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार