images
images

साइबर आक्रमणबाट जापान एयरलाइन्स प्रभावित, ढिला हुन थाले उडानहरू

साइबर आक्रमणबाट जापान एयरलाइन्स प्रभावित, ढिला हुन थाले उडानहरू

शुक्रवार, पुस १२ २०८१
शुक्रवार, पुस १२ २०८१
  • साइबर आक्रमणबाट जापान एयरलाइन्स प्रभावित, ढिला हुन थाले उडानहरू
    images
    images

    साइबर आक्रमणबाट प्रभावित बनेको जापान एयरलाइन्सका सेवाहरु लयमा फर्किन थालेका छन् । बिहीबार साइबर आक्रमणको रिपोर्ट सार्वजनिक भएपछि घरेलु र अन्तर्राष्ट्रिय उडानहरूमा ढिलाइ भएका थिए । 

    तर पछि उक्त कारण पत्ता लगाएर समाधान गरेको गरेको एयरलाइन्सले जनाएको छ । जापान एयरलाइन्स (जेएएल)अल निप्पन एयरवेज (एएनए) पछिको देशको दोस्रो ठूलो एयरलाइन्स हो ।

    एयरलाइन्सको ब्यागेज चेक–इन प्रणालीमा समस्याहरूले धेरै जापानी विमानस्थलमा एक दर्जनभन्दा बढी उडानमा ढिलाइ भएका थिए । तर रद्द वा अवरोध नभएको बताइएको छ । 

    “हामीले समस्याको कारण पत्ता लगायौँ र सम्बोधन गर्यौँ । हामी प्रणाली पुनःस्थापना स्थितिको जाँच गरिरहेका छौँ”, जेएएलले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एक पोस्टमा भन्यो, “आज प्रस्थान गर्ने दुवै घरेलु र अन्तर्राष्ट्रिय उडानको बिक्री स्थगित गरिएको छ । कुनै पनि असुविधाका लागि हामी माफी चाहन्छौँ ।”

    टोकियोको हानेडा एयरपोर्टमा, धेरै उडानहरू ढिलाइ वा पुनः तालिकामा परेका थिए ।

    यात्रुहरूले वाहकको नेटवर्क प्रणालीको अचानक खराबीले उनीहरूलाई स्तब्ध बनाएको थियो । साइबर आक्रमणको खबर बाहिरिएपछि बिहीबार कम्पनीको शेयर मूल्य घटेको थियो । उडान अवरुद्धले जापानभर मेल र पार्सल डेलिभरीमा पनि ढिलाइ भएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार