images
images

सम्पर्कविहीन ३० जना  प्रहरीहरूलाई ७ दिन भित्र हाजिर हुन निर्देशन

सम्पर्कविहीन ३० जना  प्रहरीहरूलाई ७ दिन भित्र हाजिर हुन निर्देशन

बिहिवार, पुस ११ २०८१
बिहिवार, पुस ११ २०८१
  • सम्पर्कविहीन ३० जना  प्रहरीहरूलाई ७ दिन भित्र हाजिर हुन निर्देशन
    images
    images

    काठमाडौँ / नेपाल प्रहरीका दुई सहायक हवलदार र जवानसहित ३० जना प्रहरी दुई महिनाभन्दा बढी समयदेखि सम्पर्कविहीन भएका छन् । प्रहरी प्रधान कार्यालयले असोजदेखि आफूखुशी गैरहाजिर रहेको र हेडक्वार्टरको सम्पर्कमा नरहेको प्रहरी कर्मचारीहरूको सूची सार्वजनिक गर्दै ७ दिन भित्र हाजिर हुन आउन निर्देशन दिएको हो ।

    गैरहाजिर हुने सहायक हवलदारहरूमा कारागार सुरक्षा गार्ड घोराही दाङमा दरबन्दी भएका प्यूठानको गौमुखी गाउँपालिका–३ का सुन्दर सेन र कारागार सुरक्षा गार्ड रामेछाप दरबन्दी रहेका ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका–५ का बुद्धिमान तामाङ छन् ।

    सेन असोज ३० गतेदेखि र तामाङ असोज १६ गतेदेखि सम्पर्कविहीन रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बाँकी २८ जनामध्ये पाँच जना प्राविधिक प्रहरी जवान, २२ जना प्रहरी जवान र एक जना कार्यालय सहयोगी छन् ।

    आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफ सहित सात दिनभित्र उपस्थित नभए ती प्रहरी कर्मचारीहरूलाई प्रहरी नियमावालीको नियम १०९ को देहाय (ख) १ बमोजिम सेवाबाट हटाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार