images
images

१०० सीसीको प्लाटिनाको माइलेज ८८ किमी, धनगढीमा ‘बजाज माइलेज च्याम्पियन’

१०० सीसीको प्लाटिनाको माइलेज ८८ किमी, धनगढीमा ‘बजाज माइलेज च्याम्पियन’

बुधवार, पुस १० २०८१
बुधवार, पुस १० २०८१
  • १०० सीसीको प्लाटिनाको माइलेज ८८  किमी, धनगढीमा ‘बजाज माइलेज च्याम्पियन’
    images
    images

    काठमाडौँ/  कैलालीको धनगढीमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न भएको छ । 

    आफ्नो प्लाटिना मोटरसाइकलको उच्चतम माइलेज क्षमता प्रदर्शन गर्न धनगढीका चालकहरू यस बजाज माइलेज च्याम्पियनमा सहभागी  भएका थिए । 

    धनगढीको चटकपुर चोक अन्तर्गत ट्रक व्यवसाय भवनमा शुक्रबार उक्त कार्यक्रम सम्पन्न भएको थियो । 

    माइलेज च्याम्पियनमा राम दयाल रानाले ८८ किमि प्रति लिटरको प्रभावशाली प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरेका थिए ।

     त्यस्तै, ८५ किमि प्रति लिटरको प्रदर्शनका साथ नरबहादुर साउद दोस्रो स्थानमा रहेका थिए भने ८४ किमि प्रति लिटरको प्रदर्शन गर्दै चत्रा भण्डारी तेस्रो स्थानमा रहेका थिए ।

    उक्त माइलेज च्याम्पियनमा सहभागी चालकहरूले न्यूनतम लागतमा सबैभन्दा धेरै दूरी तय गर्ने लक्ष्य सहित प्रतिस्पर्धा गरेका थिए । 

    यो कार्यक्रमले बजाज प्लाटिनाको इन्धन बचत र भरपर्दो विशेषताहरूलाई झल्काउनुका साथै बजाजप्रेमीहरूबीच समुदाय र मैत्रीपूर्ण प्रतिस्पर्धाको भावना पनि प्रवद्र्धन गरेको छ । उक्त कार्यक्रममा लगभग १०० जनाले सहभागिता जनाएको कम्पनीले बताएको छ ।   

    आम ग्राहकलाई बजाज प्लेटिनाको माइलेजबारे जानकारी दिन उक्त च्याम्पियन आयोजना गरिएको बजाजका एरिया सेल्स म्यानेजर रविन खत्रीले बताए । 
     १०० सीसीको प्लाटिना मोटरसाइकलको माइलेज च्याम्पियन पनि हुने उनले बताएका छन् ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार