images
images

इनफिनिक्स ‘दशैँ धमाका’ भव्य पुरस्कारसहित सम्पन्न, बिजेता बीर बहादुरले पाए भेस्पा एलेगान्ते १५०

इनफिनिक्स ‘दशैँ धमाका’ भव्य पुरस्कारसहित सम्पन्न, बिजेता बीर बहादुरले पाए भेस्पा एलेगान्ते १५०

आइतवार, पुस ७ २०८१
आइतवार, पुस ७ २०८१
  • इनफिनिक्स ‘दशैँ धमाका’ भव्य पुरस्कारसहित सम्पन्न, बिजेता बीर बहादुरले पाए भेस्पा एलेगान्ते १५०
    images
    images

    काठमाडौँ  / इनफिनिक्सले दशैँ धमाका बम्पर पुरस्कारका बिजेता घोषणा गरेको छ । काठमाडौँस्थित द जोइन्ट बार एण्ड ग्रिलमा आयोजित ओटाकु सिक्रेट मिटअप, एनिमे वाच पार्टी र एनिमे कोस्प्ले इभेन्टको सो समारोहमा ६०० भन्दा बढी युवापुस्ताका उत्साहीहरूको उपस्थिति थियो ।  
    काठमाडौँका वीर बहादुर तामाङले विशेष समारोहमा इनफिनिक्सका प्रतिष्ठित राष्ट्रिय वितरकहरूको उपस्थितिमा स्टाइलिश भेस्पा एलेगान्ते १५० प्राप्त गरे । 

    पुरस्कार प्राप्त गर्दै उनले खुशी व्यक्त गरे । सेप्टेम्बर १६ देखि अक्टोबर ३१ सम्मको अवधिका लागि प्रारम्भमा योजना गरिएको इनफिनिक्स दशैँ धमाकाले नोभेम्बर ३ सम्म कार्यक्रमलाई लम्ब्याएको थियो । 

    यसले ठूलो सङ्ख्यामा सहभागीहरूलाई आकर्षित गर्दै कार्यक्रमप्रति उत्साह थप बढाएको कम्पनीको भनाई छ । जसले गर्दा उपभोक्ताहरूलाई ब्रान्डसँग नजिक हुने अवसर मात्र दिएको होइन, बम्पर पुरस्कार जित्ने सम्भावना पनि बढाएको थियो ।

    काठमाडौँमा आयोजित उक्त भव्य समारोहले दशैँको खुशी र सामुदायिक भावनाको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको कम्पनीले जनाएको छ ।

    सहभागीहरूले परम्परागत चाडपर्वको उल्लासलाई आधुनिक उत्साहसँग मिश्रणले इनफिनिक्सको ग्राहक संलग्नताको नवीन दृष्टिकोणलाई झल्काएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । कार्यक्रममा भेस्पा एलेगान्ते १५० वितरण गरिँदा उपस्थितहरूले ताली र हर्षध्वनीसहित स्वागत गरेका थिए । 

    यस वर्षको दशैँ धमाकाले इनफिनिक्सको आफ्ना प्रयोगकर्ताहरूको चाडपर्व अनुभवलाई समृद्ध बनाउन र तिनीहरूको समर्थन गर्ने समुदायलाई केही फिर्ता दिने प्रतिबद्धतालाई अझ मजबुत बनाएको कम्पनीले जनाएको छ। 

    “यो कार्यक्रम केवल चाडपर्वको उत्सव मात्र होइन, इनफिनिक्सले आफ्ना ग्राहकहरूसँग निर्माण गरेको बलियो सम्बन्धको प्रमाण पनि हो” कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “इनफिनिक्सले दशैं धमाकालाई सफल बनाउने सबै सहभागीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछ र भविष्यमा आफ्ना ग्राहकहरूका लागि यस्तै खुशी र उत्साहजनक अवसरहरू ल्याउने अपेक्षा गर्दछ।” 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार