काठमाडौँ / पृथ्वी राजमार्ग (नौबिसे-मुग्लिङ) सडक खण्ड पुस ७ देखि १३ गतेसम्म आंशिक बन्द हुने भएको छ । जिल्ला सुरक्षा समिति धादिङले सूचनामा प्रकाशित गर्दै ‘पृथ्वी राजमार्गको नौबिसे-मुग्लिङ खण्डको पोखरेभीर (कि.मि. ३३+३००) र विशालटार (कि.मि. ५२+५००) मा चट्टान काटी मोड सुधार गर्नुपर्ने भएकाले उक्त सडक खण्ड आंशिक खण्ड रूपमा बन्द हुने भएको हो ।
जिल्ला सुरक्षा समिति धादिङको मिति २०८१/०९/०३ को निर्णयअनुसार उपरोक्त स्थानहरूमा यही मिति २०८१/०९/०७ देखि २०८१/०९/१३ सम्म दिउँसो ११ बजेदेखि २ बजेसम्म यातायात सवारीसाधनहरू आंशिक रूपमा रोकी निर्माण कार्य गर्नुपर्ने भएकोले सूचना प्रकाशित गरी सडक बन्दको जानकारी गराइएको जिल्ला सुरक्षा समिति धादिङले जनाएको छ । यद्यपि, एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधन निर्बाध रूपमा सञ्चालन हुने जानकारी गराइएको छ ।