नेपालस्थित भारतिय दुतावासका प्रमुख बाणिज्य सचिव सुमन शेखरको प्रमुख आतिथ्यतामा नाडा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य बिच एक अन्तकृया सम्पन्न भएको छ ।
काठमाडौंमा सम्पन्न उक्त कार्यक्रममा भारत मोविलिटीका सन्दर्भमा छलफल भएको नाडाले जनाएको छ । यहि जनबरी १७ देखि ५ दिनसम्मका लागि भारतको ठूलो अटोमेला भारत मोविलिटी ग्लोबल एक्स्पो चल्दैछ ।
न्यूदिल्लीमा हुन गइरहेको उक्त मेलामा नेपालका अटो व्यवसायीहरुको उपस्थिति कसरी हुने भन्ने विषयमा छलफल नाडाका महासचिब सुरेन्द्रकुमार उप्रेतीले बताएका छन् ।