images
images

चितवनको माडीमा लाखौं रुपैयाँ पर्ने मौरीका घारहरुमा तोडफोड र आगजनी, मौरी चराउन सुरक्षा पाइएन – संघ

चितवनको माडीमा लाखौं रुपैयाँ पर्ने मौरीका घारहरुमा तोडफोड र आगजनी, मौरी चराउन सुरक्षा पाइएन – संघ

बिहिवार, पुस ४ २०८१
बिहिवार, पुस ४ २०८१
  • चितवनको माडीमा लाखौं रुपैयाँ पर्ने मौरीका घारहरुमा तोडफोड र आगजनी, मौरी चराउन सुरक्षा पाइएन – संघ
    images
    images

    मौरी व्यवसायीहरु यतिबेला मुलुकका विभिन्न क्षेत्रमा मौरी चराउन पुगेका छन् । 
    किसानहरु चिउरी, तोरी सूर्यमुखीलगायत बालीमा मौरी चराउँदा व्यवसायीसँगै किसानलाई समेत फाइदा पुग्छ ।  मौरी किसानले जहाँ मौरी चराउँछन्,  त्यहीँ समुदायमा मौरीले गराउने परागसेचन मार्फत खेतिबाली उत्पादन वृद्धि हुन्छ ।  

    तर, जनचेतनाको कमीले  उब्जाउमा समस्या हुने भन्दै मौरी किसानलाई दुःख दिने, अप्ठेरो पारिने गरेको मौरी व्यवसायीहरु बताउँछन् । 

     

    नेपाल मौरीपालक संघका अध्यक्ष शुभाष चन्द्र घिमिरेका अनुसार व्यवासायीलाई अप्ठेरो बनाइदिने, धम्क्याउने, मौरीघार पल्टाउने गर्दा किसानले ठूलो नोक्सानी ब्यहोर्नु परेको बताउँछन् । लाखौं रुपैयाँ पर्ने मौरी र मौरीका घारहरुमा क्षति पुगेको उनले बताए । 

    यस्ता बिकृतिहरु हाम्रो समाजमा दिनानुदिन बढ्दै गएको उनले बताए । 

    यही पुस २ गते पनि  चितवनको माडी ६ स्याउलीवासका मौरीपालक किसान दामोदर देवकोटाको मौरीगोलाहरु मौरीगोलाहरु तोडफोड गरिएको बताए । संघले उक्त कार्यप्रति घोर आपत्ति प्रकट गर्दै विरोध गरेको छ । 

    मिराकल गार्डेन प्रा लिका प्रोपाइटर देवकोटा चरनको लागि माडीकै सिधवा गाँउमा मौरीका गोलाहरु राखिएको थियो । पिडित देवकोटाका अनुसार २ गते मंगलबार दिनमा मह उत्पादन गरिएको थियो।

     तर, मंगलबार राती कोही नभएको बेला स्थानिय व्याक्तिले मौरीले टोकेको निहुँमा मौरीगोलाहरुमा तोडफोड र आगजनी गरेर ठुलो क्षति पुर्याएको जनाएको छ ।  
    नेपाल मौरीपालक महासंघ घोर भर्त्सना गर्दै विज्ञप्ति जारी गरेको छ । 
    विज्ञप्तिमा भनिएको छ, यस्ता दुषित मानसिकता धारी अपराधी हो । 

    उक्त ब्यक्तिलाई पहिचान गरी कडा कारबाही गर्न पिडित किसानलाई उचित मुल्याकंन गरी क्षतिको भर्पाइ गराई गराउन समेत स्थानिय सरकारसँग माग गरेको छ । यसका लागि संघले पहलकदमी गर्ने अध्यक्ष घिमिरेले बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार