काठमाडौँ / सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताहरूले लाभांश प्राप्त गर्ने भएका छन् । बैंकको मङ्गलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट कुल ३.८४ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो ।
बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ३.६५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.१९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।
हाल कम्पनीको चुक्तापुँजी ३ अर्ब ४३ करोड ९ लाख ७१ हजार रुपैयाँ छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि र बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित गरेपछि लगानीकर्ताहरूले प्राप्त गर्नेछन् ।