images
images

सानिमा बैंक र नेपाल क्लियरिङ हाउसबिच अलिपे प्लसमार्फत अन्तरदेशीय क्यूआर भुक्तानी गर्न सम्झौता

सानिमा बैंक र नेपाल क्लियरिङ हाउसबिच अलिपे प्लसमार्फत अन्तरदेशीय क्यूआर भुक्तानी गर्न सम्झौता

मंगलवार, पुस २ २०८१
मंगलवार, पुस २ २०८१
  • सानिमा बैंक र नेपाल क्लियरिङ हाउसबिच अलिपे प्लसमार्फत अन्तरदेशीय क्यूआर भुक्तानी गर्न सम्झौता
    images
    images

    काठमाडौँ / सानिमा बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेडबिच सम्झौता भएको छ । सानिमा बैंकले नेपाल क्लियरिङ हाउससँग अलिपे प्लस नेटवर्क प्रयोगकर्ताहरूलाई सहज रूपमा अन्तरदेशीय क्यूआर भुक्तानी गर्न सम्झौता गरेको हो ।

    सो सम्झौताअन्तर्गत, चीन, हङ्गकङ्ग, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मङ्गोलिया, थाइल्याण्ड, दक्षिण कोरिया, स्वीडेन तथा इटली लगायतका देशहरूबाट नेपाल आएका पर्यटकहरू र अलिपे प्लस प्रयोगकर्ताहरूले डोमेस्टिक वालेटमार्फत नेपालमा रहेका नेपालपे क्युआर तथा यसका interoperable QR मा सजिलै भुक्तानी गर्न सक्नेछन् ।

    उक्त सम्झौता पत्रमा सानिमा बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत हेमराज संज्याल र नेपाल क्लियरिङ हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरे ।
    सानिमा बैंकको नेपाल क्लियरिङ हाउससंगको यस सहकार्यले नेपालमा पर्यटकहरुलाई सहज र सुरक्षित डिजिटल भुक्तानीको प्रबद्र्धन गर्ने उद्देश्य रहेको छ ।

    सानिमा बैंकका देशका सातै प्रदेशमा १३४ कार्यालयहरू तथा १२५ वटा एटिएम सञ्जाल रहेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार