images
images

लक्ष्मी सनराइज बैंकको साधारण सभा पुस २४ गते, लाभांश प्रस्ताव पारित गरिने

लक्ष्मी सनराइज बैंकको साधारण सभा पुस २४ गते, लाभांश प्रस्ताव पारित गरिने

मंगलवार, पुस २ २०८१
मंगलवार, पुस २ २०८१
  • लक्ष्मी सनराइज बैंकको साधारण सभा पुस २४ गते, लाभांश प्रस्ताव पारित गरिने
    images
    images

    काठमाडौँ / लक्ष्मी सनराइज  बैंक लिमिटेडको २४औँ वार्षिक साधारण सभा पुस २४ गते बस्ने भएको छ । पुस १ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले काठमाडौँस्थित अग्रवाल भवन, कमलपोखरीमा बिहान ११ बजे सभा बस्ने निर्णय गरेको हो । 

    साधारण सभा प्रयोजनका लागि बैंकले पुस १७ गते बुक क्लोज गर्ने जानकारी दिएको छ । सो आधारमा पुस १६ गतेसम्म कायम सेयरधनीहरूले मात्रै सभामा भाग लिन र लाभांश पाउनेछन्।

    बैंकले गत आर्थिक बर्ष २०८०/८१ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । 

    उक्त लाभांश साधारण सभाबाट पारित भएपछि सेयरधनीहरूको खातामा जानेछ । 

    यसैगरी, गत आर्थिक वर्ष ०८०८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणसमेत उक्त साधारण सभाबाट गरिनेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार