images
images

नेपाल र चीनबीच राँगाको मासु निर्यात सम्बन्धी सम्झौतामा हस्ताक्षर

नेपाल र चीनबीच राँगाको मासु निर्यात सम्बन्धी सम्झौतामा हस्ताक्षर

सोमवार, पुस १ २०८१
सोमवार, पुस १ २०८१
  • नेपाल र चीनबीच राँगाको मासु निर्यात सम्बन्धी सम्झौतामा हस्ताक्षर
    images
    images

    काठमाडौँ / नेपाल सरकार र चिनिया प्रतिनिधिबीच राँगाको मासु निर्यात गर्ने सम्बन्धी प्रोटोकल सम्झौतामा हस्ताक्षर भएको छ । सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो । 

    सोही क्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले यो सम्झौता नेपाल चीनबीच पशुजन्य उत्पादनको व्यापार सहजीकरणका लागि कोशेढुङ्गाको रूपमा रहेको बताएका छन् । 

    नेपाल र चीनबिच भएको सम्झौताले नेपाली किसानलाई रागाँ भैसीपालनका लागि थप प्रोत्साहित गर्ने भन्दै नेपालमा रागाँभैसी पालन समाजको अभिन्न अङ्गको रूपमा रहेकोले यसको दिगो उत्पादन तथा उपलब्धता सुनिश्चित भएको बताए ।
     
    यस्तै, उनले नेपाल सरकार नेपाली जनतालाई स्वदेशमा नै रोजगारी सिर्जना गर्न लागिरहेको सन्दर्भमा पशुपन्छीपालन रोजगारी सिर्जनाको एउटा महत्वपूर्ण क्षेत्रको रूपमा अगाडि आएको पनि बताए । 

    यसको साथै, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले पनि यो सम्झौताले नेपाललाई धेरै कुराहरूमा सहयोग पुग्ने भन्दै यसले दुई देशबीच अझ राम्रो सम्बन्ध स्थापित भएको उनको भनाइ छ । 

    उनले भने, “लामो समयदेखि चीन र नेपालबीच राम्रो सम्बन्ध रहेको छ । आवश्यक परेको बेला एकअर्कालाई सहयोग गर्ने हाम्रो एतिहासिक परम्परा हो । आज जुन सम्झौता भयो, यसले हामीलाई धेरै कुराहरुमा सहयोग पु-याउछ । एउटा विषयले धेरै कुरालाई छुने गर्छ त्यसैले यो सम्झौताले दुई देशबीच अझ राम्रो सम्बन्ध जोड्ने काम गर्छ ।”  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार