चर्चित समाचार
images
images

नेपाल एसबिआई बैंक र मणिपाल एजुकेसन एण्ड मेडिकल ग्रुपबिच सम्झौता

नेपाल एसबिआई बैंक र मणिपाल एजुकेसन एण्ड मेडिकल ग्रुपबिच सम्झौता

आइतवार, मंसिर ३० २०८१
आइतवार, मंसिर ३० २०८१
  • images
    images
    नेपाल एसबिआई बैंक र मणिपाल एजुकेसन एण्ड मेडिकल ग्रुपबिच सम्झौता
    images
    images

    काठमाडौँ / नेपाल एसबिआई बैंक लिमिटेड र मणिपाल एजुकेसन एण्ड मेडिकल ग्रुप (नेपाल) प्रा.लि., फूलबारी, पोखराबिच छुट सम्झौता भएको छ । 

    images
    images

    नेपाल एसबिआई बैंकका सम्पूर्ण ग्राहकहरूलाई लक्षित गरी मणिपाल टिचिङ हस्पिटल र मणिपाल कलेज अफ मेडिकल साइन्समा विभिन्न स्वास्थ्य सेवाहरूमा छुट प्रदान गर्ने सम्बन्धमा बैंक र मणिपाल एजुकेसन एण्ड मेडिकल ग्रुपबिच सम्झौता भएको हो । 

    उक्त सम्झौता पत्र नेपाल एसबिआई बैंकका प्रबन्ध सञ्चालक तथा प्रमूख कार्यकारी अधिकृत, दीपक कुमार देकोे उपस्थितिमा बैंकका गण्डकी प्रदेश प्रमुख, मिनबहादुर गुरुङ तथा मेडिकल ग्रुपका प्रमुख कार्यकारी अधिकृत, अनिल ओदूभिलबिच सम्पन्न भएको थियो ।

    सो कार्यक्रममा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत, राजेश कुमार पंडा, प्रमख सञ्चालन अधिकृत, विकास आनन्द, प्रमुख व्यवसाय प्रबर्द्धन अधिकृत, रितेश अर्याल र बैंक तथा मेडिकल ग्रूपका अन्य पदाधिकारीहरूसमेतको उपस्थिति रहेको थियो ।

    यस सम्झौताबाट ग्राहकबर्गले बैंकको  कार्ड तथा मोबाइल बैंकिड प्रयोग गरी हस्पिटलले प्रदान गर्दै आएको विभिन्न स्वास्थ्य सेवाहरूमा १० देखि १०० प्रतिशतसम्मको छुट सूविधा उपयोग गर्न सक्नेछन् ।

    हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार