images
images

सूर्य नेपाल काठमाडौँ ओपनको दोस्रो दिन विष्णुलाई एक स्ट्रोकको अग्रता

सूर्य नेपाल काठमाडौँ ओपनको दोस्रो दिन विष्णुलाई एक स्ट्रोकको अग्रता

बुधवार, मंसिर २६ २०८१
बुधवार, मंसिर २६ २०८१
  • सूर्य नेपाल काठमाडौँ ओपनको दोस्रो दिन विष्णुलाई एक स्ट्रोकको अग्रता
    images
    images

    काठमाडौँ / सूर्य नेपाल गल्फ टुर २०२४/२५अन्तर्गत दोस्रो प्रतियोगिता सूर्य नेपाल काठमाडौँ ओपनको दोस्रो दिन विष्णु प्रसाद शर्मा एक स्ट्रोकको अग्रतासहित शीर्षस्थानमा उक्लिएका छन्। 

    रोयल नेपाल गल्फ क्लबमाआज ४–अन्डर ६४ सहित समग्रमा ७–अन्डर १२९ को उत्कृष्टनतिजामा विष्णुले डिफेन्डिङ च्याम्पियन निरज तामाङलाईएक स्ट्रोकले पछि पारे। 

    ३–अन्डर ६५ स्कोर गरेका निरजसमग्रमा ६–अन्डर १३० सहित दोस्रो स्थानमा रहेका छन्। एमेच्योर सदभाव आचार्यले ३–अन्डर ६५ को कार्ड तयारपार्दा समग्रमा ५–अन्डर १३१ सहित तेस्रो स्थानमा उक्लिएका छन्। 

    दिनेश प्रजापतिले दिनकै उत्कृष्ट स्कोर कार्ड बनाए । उनले ५–अन्डर ६३ को स्कोर जोड्दा समग्रमा ४–अन्डर १३२सहित चौथो स्थानमा उक्लिए।

    पहिलो दिनका लिडर जयराम श्रेष्ठले २–ओभर ७० को खराब प्रदर्शन गर्दा समग्रमा २–अन्डर १३४ सहित पाँचौंस्थानमा तल  झरेका छन्। 

    एमेच्योर राहुल विके र भेट्रान प्रोदीपक मगर समग्रमा १–अन्डर १३५ सहित संयुक्त रूपमा छैटौँ स्थानमा रहेका छन। 

    राहुलले ३–अन्डर ६५ र दीपकले १–अन्डर ६७ स्कोर गरे। समग्रमा १–ओभर १३७ सहित धन बहादुर थापा र नेपालनम्बर एक प्रो भुवन नगरकोटीले संयुक्त रूपमा आठौँ स्थान बाँडे। 

    धनले ४-अन्डर ६४ र भुवनले ३-अन्डर ६५ मा दोस्रोदिनको खेल सकाए। यसैगरी रवि खड्का र प्रदीप कुमारलामा समग्रमा २-ओभर १३८ सहित संयुक्त रूपमा १०औँ स्थानमा रहे। रविले इभन-पार ६८ र प्रदीपले २–ओभर ७० माआजको खेल सकाए।
     

    शीर्षस्थानमा उक्लने क्रममा विष्णुले सानदार प्रदर्शन गर्दैफ्रन्ट  नाइनमा ५-अन्डर २९ को स्कोर बनाए। उनले पहिलो, दोस्रो र सातौँ होलमा बर्डी प्रहार गर्दा ५-पारको चौथो होलमाइगलको सफलता प्राप्त गरे। यसपछि १०औँ होलको बोगीलेब्याक नाइन १–ओभर ३५ मा सकाए।

    डिफेन्डिङ च्याम्पियन निरजले पहिलो होलमा इगल प्रहारगर्दै दिनको सुरूवात गरे। दोस्रो र छैटौँ होलमा एक-एक सटखेर फाले। पाँचौँ होलको बर्डीले फ्रन्ट नाइन १-अन्डर ३३ मा पूरा गरे। यसपछि १०औँ होलमा बोगीको सामना गरे। 

    १३औँ होलमा इगल प्रहार गर्दा १७औ-होलमा एक सट बचाए। उनले ब्याक नाइन २-अन्डर ३२ मा पूरा गरे। नेपाल नम्बर एक एमेच्योर गल्फर सदभावले फ्रन्ट नाइन २-अन्डर ३२ र ब्याक नाइन १-अन्डर ३३ मा सकाए । उनले पहिलो, चौथो, पाँचौँ, आठौँ र सत्रौँ होलमा गरी कुल ५ बर्डी प्रहार गरे। 

    दोस्रो र सातौँ होलमा एक–एक सट खेर फाले।यो स्कोर‌मा सदभाव एमेच्योरतर्फ शीर्ष स्थानमा रहेका छन् ।‌ उनले राहुल विकेलाई चार स्ट्रोकले पछि पारेका छन् ।

     
    दिनको उत्कृष्ट स्कोर कार्ड निकाल्ने क्रममा दिनेशले बोगीरहित खेले । फ्रन्ट नाइनमा ४-अन्डर ३० र ब्याक नाइनमा १-अन्डर ३३ को स्कोर निकाले । 

    पहिलो, दोस्रो, चौथो, आठौँ र दशौँ होलमा बर्डीको सफलता प्राप्त गरे। ३८ होलको समाप्तीमा १३–ओभर १४९ सम्म स्कोर गर्ने २२ प्रोर ६ एमेच्योर गल्फरले कट बनाएका छन् । 

    प्रोतर्फ रामे मगर, वसन्त राज गुरूङ, तोरण विक्रम शाही, रमेश अधिकारी, सञ्जय लामा, राजेन्द्र श्रेष्ठ प्रधान, किशन कालीराज सुनार, बलभद्र राई, भुवन कुमार रोक्का, टंक बहादुर कार्की, सूर्यप्रसाद शर्मा, शिवराम पौडेल र भीमसेन चौलागाईले कट बनाए। 

    एमेच्योरतर्फ बलराम पौडेल, कवि थापा, हरि बहादुर थापा र ज्ञान बहादुर ढेंगेले अन्तिम ३६ होलको लागि स्थानबनाएका छन्।  कुल  ७ लाख ३५ हजार नगद पुरस्कार राशीको लागिप्रतिस्पर्धा गरिरहेका छन्। विजेताले उपाधिसँगै १ लाख ५०हजार प्राप्त गर्नेछ। 

    दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमश८५ हजार र ६८ हजार नगद पुरस्कार हात पार्नेछन्। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार