images
images

गृहमन्त्रीलाई हर्क साम्पाङको पत्र : ‘नक्कली माओवादी’ बनेर चन्दा उठाएको समाचार लेख्ने पत्रकारलाई कारवाही गरियोस्

गृहमन्त्रीलाई हर्क साम्पाङको पत्र : ‘नक्कली माओवादी’ बनेर चन्दा उठाएको समाचार लेख्ने पत्रकारलाई कारवाही गरियोस्

आइतवार, मंसिर २३ २०८१
आइतवार, मंसिर २३ २०८१
  • गृहमन्त्रीलाई हर्क साम्पाङको पत्र : ‘नक्कली माओवादी’ बनेर चन्दा उठाएको समाचार लेख्ने पत्रकारलाई कारवाही गरियोस्
    images
    images

    काठमाडौँ / सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूविरुद्ध समाचार लेखेका दुई जना पत्रकारलाई कारबाही गर्न माग गरेका छन् । 

    गृहमन्त्री रमेश लेखकलाई पत्र लेख्दै उनले खोज पत्रकारिता केन्द्रका पत्रकार गोपाल दाहाल र नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनक ऋषिलाई कारबाही गर्न माग गरेका हुन् । 

    केही दिनअघि खोज पत्रकारीता केन्द्रका लागि दाहालले मेयर साम्पाङले नक्कली माओवादी बनेर चन्दा उठाएको र कारबाहीमा परेको खुलासासहितको समाचार लेखेका थिए ।

    ‘मैले नक्कली माओवादी बनेर चन्दा असुलेको भन्ने भ्रामक झुटो समाचार प्रकाशन गरी मेरो चरित्र हत्या गर्ने प्रयास गरेको’ आरोप उनले पत्रकार दाहाललाई लगाएका छन् ।

    महासंघ सुनसरीका अध्यक्ष ऋषिलाई उक्त समाचार सामाजिक सञ्जालमा पोस्ट गर्दै भ्रम फैलाउने काम गरेको भन्दै कारबाहीको माग गरेका हुन् ।

    प्रेस स्वतन्त्रताको नाममा व्यक्ति र पद दुवैको मानहानि हुने गरी निराधार, भ्रामक र सामाजिक शान्तिमा खलल ल्याउने किसिमको समाचार बनाउने र दुष्प्रचार गर्ने दुवै जनालाई पार्टीगत आबद्धता नहेरी निष्पक्ष रूपमा कारबाही गर्न उनले माग गरेका छन् ।

    उनले पत्र मार्फत गृहमन्त्रीलाई लेखेका छन्, “म जस्तो दिनरात जनताको सेवामा लागिरहने घोटिइरहने जनप्रतिनिधिहरूले निर्वाध रूपमा काम गर्न सकियोस् अन्यथा देशको भलो कहिल्यै हुने छैन । आशा छ तपाईं जनताको मर्म बुझ्नुहुन्छ होला । पार्टी भन्दा ठूलो हुन्छ देश । हो त्यही देशको जनताको अभिमत पाएका हामीले देशलाई बिर्सनुहुँदैन ।”

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार