images
images

सानिमा बैंकद्वारा वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना, स्थानीय, प्रहरी र कर्मचारीहरूको सहभागिता

सानिमा बैंकद्वारा वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना, स्थानीय, प्रहरी र कर्मचारीहरूको सहभागिता

शुक्रवार, मंसिर २१ २०८१
शुक्रवार, मंसिर २१ २०८१
  • सानिमा बैंकद्वारा वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना, स्थानीय, प्रहरी र कर्मचारीहरूको सहभागिता
    images
    images

    काठमाडौँ / सानिमा बैंक लिमिटेडले बार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । बैंकले २०औँ वार्षिकोत्सवको अवसरमा सामुदायिक सेवा केन्द्र, नक्साल तथा सामुदायिक प्रहरी सेवा केन्द्र–नक्साल, ब्लड डोनर एशोसिएसन नेपाल (ब्लोदान) र कान्तिपुर अस्पताल, तिनकुनेको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । 

    बैंकको मुख्य कार्यालय अगाडि रहेको नन्दीकेश्वर बगैँचा, नक्सालमा आयोजित कार्यक्रममा स्थानीयबासी, प्रहरी तथा बैंकका कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको बैंकले जनाएको छ । 

    बिहीबार बिहान ११ बजेदेखि शुरु भएको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेद्वारा सम्पूर्ण रक्तदाताहरूलाई धन्यबाद व्यक्त गरे । 

    सानिमा बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक छात्रवृत्ति तथा अन्य विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको छ । 

    बैंकले हरेक वर्ष वार्षिकोत्सवको अवसरमा देशैभर रहेका शाखाहरूबाट रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ । 
    सानिमा बैंकको सातै प्रदेशमा हाल १३५ वटा कार्यालयहरू र १२५ वटा एटिएम सञ्चालनमा रहेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार