images
images

टिकटकले चलायो नेपालको निमानुसार सामाजिक सञ्जाल प्रयोगबारे छलफल, फेसबुक किन मौन ?

टिकटकले चलायो नेपालको निमानुसार सामाजिक सञ्जाल प्रयोगबारे छलफल, फेसबुक किन मौन ?

बुधवार, मंसिर १९ २०८१
बुधवार, मंसिर १९ २०८१
  • टिकटकले चलायो नेपालको निमानुसार सामाजिक सञ्जाल प्रयोगबारे छलफल, फेसबुक किन मौन ?
    images
    images

    काठमाडौं / सुरक्षित रुपमा सामाजिक सञ्जालको प्रयोगबारे डिजिटल प्लेटर्फम टिकटकले सरोकारवाला माझ छलफल चलाएको छ । 

    काठमाडौंमा आयोजित ‘डिजिटल सेफ्टी समिट नेपाल’ कार्यक्रममा टिकटकजस्ता सामाजिक सञ्जालको सुरक्षित प्रयोग कसरी गर्ने ? भन्ने विषयमा सामूहिक छलफल भएको हो । 

    यस्तैगरी  टिकटकले नेपालमा दुई महिनामा कम्युनिटी ‘गाइडलाइन्स’ विपरीत पोष्ट गरेका ६ हजार ७८ भिडियो हटाइएको दाबी गरेको छ । 

    अप्रिल र जुन महिनामा पोष्ट भएका उक्त भिडियोमध्ये ९९ दशमलव १ प्रतिशत तुरुन्तै हटाएको र ९३ दशमलव २ प्रतिशत भिडियो २४ घण्टाभित्र हटाएको टिकटकका प्रतिनिधिले  बताएका हुन् । 

    सूचना प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्रकुमार ठाकुर, डिजिटल राइट्स नेपालका कार्यकारी निर्देशक सन्तोष सिग्देल, टिकटकका पब्लिक पोलिसी प्रोग्राम्स एन्ड पाट्नरसिप्स प्रमुख जारा बसहरत हिग्स् र टिकटक क्रिएटर सोर्वस् घिमिरेबीच सामूहिक छलफल भएको थियो ।
     
    कार्यक्रममा टिकटक प्रतिनिधि सिद्रा जलिलले टिकटकले नियमन गर्न बनाएको निर्देशिका (गाइडलाइन) बारे कार्यपत्र प्रस्तुत गरेका थिए । तर, चर्चित र धेरै प्रयोगकर्ता भएको फेसबुक भने मौन छ । यसबारे सरकारले पनि कुनै धारणा बाहिर ल्याएको छैन । यद्यपि  सामाजिक सञ्जालको प्रयोग सम्बन्धमा बनेको नियमावली फेसबुक जस्ता अन्य प्लेटफर्मलाई पनि  मान्नुपर्ने हुन्छ ।

    चाइल्डसेफनेट संस्थाका अध्यक्ष अनिल रघुवंशीले छलफलमा मध्यस्तकर्ताको भूमिका निर्वाह गरेका थिए । 

    सामूहिक प्रश्नमा उनले टिकटकबाट सुरक्षित हुन के गर्ने रु प्रश्नमा मन्त्रालयका प्रवक्ता ठाकुरले सरकारको तर्फबाट बोल्दै नियम र ऐन बलियो बनाएर कार्यान्वयन गर्ने तयारी भएको बताए । 

    उनले टिकटक मर्यादित बनाउन अरु सरोकारवालाको साझेदारी आवश्यक हुने धारणा राखे । 

    छलफलमा वक्ता जाराले टिकटक सही तरिकाले प्रयोग गर्न शैक्षिक जागरण फैल्याउनुपर्नेमा जोड दिईन् । जाराकाअनुसार अभिभावक र शिक्षकले बालबालिकामा सही तरिकाले टिकटकको सही प्रयोग गर्न सिकाउनु अहिलेको आवश्यकता हो । 

    अबको दुई वर्षमा सामाजिक सञ्जालको प्रयोगले समाजमा के कस्ता चुनौती आउन सक्छन रु भन्ने प्रश्नमा डिजिटल राइट्स नेपालका निर्देशक सन्तोषले सीमान्तकृत समुदाय, महिला र बालबालिका बढी जोखिममा पर्नसक्ने धारणा राखे । 

    टिकटक क्रिएटर घिमिरेले आफूले समाजलाई सकारात्मक दिशातर्फ बढाउने खालका श्रव्यदृश्य सन्देश दिएर मर्यादित टिकटक प्रयोगकर्ता बन्दै आएको अनुभव सुनाए ।  

    कार्यक्रममा नेपाल प्रहरीको साइबर ब्युरोका प्रमुख एसएसपी नवीन्द्र अर्यालले सामाजिक सञ्जालमार्फत अपराधिक गतिविधि बढ्दै गएको बताए । उनले ऐन र कानुनको कार्यान्वयनसँगै आमचेतनासमेत जगाउन आवश्यक रहेको बताए । 

    उनका अनुसार खास गरी महिला र बालबालिका सामाजिक सञ्जालको दुरुपयोग गरी पीडित भएको अवस्था छ । 

    यसैक्रममा सामाजिक सञ्जालको सही प्रयोग गर्न जनचेतनामूलक कार्यक्रम सुरु गर्न टिकटक र चाइल्डसेफनेटसँग सम्झौता हस्ताक्षर भएको छ ।

    चाइल्डसेफनेटका अध्यक्ष अनिल रघुवंशीले काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, तनहुँ, सुनसरी र मोरङका जिल्लाका १४ विद्यालयमा सामाजिक सञ्जालको सही प्रयोग गर्ने तालिम दिने सहमति भएको बताए । 

    टिकटक प्लेटफर्ममा आउन के कस्तो छ नियमः 
     
    मर्यादित र व्यवस्थित टिकटक प्लेटफर्म बनाउन उमेर समूह समेत छुट्याइएको छ । प्रस्तुतकर्ता जलिलले बताए अनुसार टिकटकमा सीधै म्यासेज गर्न १६ वर्ष उमेर पुगेको हुनुपर्ने, लाइभमा बस्न १८ वर्ष उमेर पुगेको हुनुपर्ने छ । नेपालमा सुरक्षित अनलाइन वातावरण सिर्जना गर्ने दिशामा एक महत्त्वपूर्ण कदम चालेको बताउँदै उनले टिकटक प्रयोगकर्ताको सुरक्षामा विशेष चासो रहेको  बताएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार