images
images

नेपाल–भारतबीच पेट्रोलियम पाइपलाइन र ग्यास परियोजनाबारे भएको छलफल के भयो ?

नेपाल–भारतबीच पेट्रोलियम पाइपलाइन र ग्यास परियोजनाबारे भएको छलफल के भयो ?

मंगलवार, मंसिर १८ २०८१
मंगलवार, मंसिर १८ २०८१
  • नेपाल–भारतबीच पेट्रोलियम पाइपलाइन र ग्यास परियोजनाबारे भएको छलफल के भयो ?
    images
    images

    काठमाडौँ / उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री हरदिपसिंह पुरीसँग भेटवार्ता गरेका छन् ।

    नयाँदिल्लीमा भएको भेटवार्तामा सिलीगुडी–चारआली र अमलेखगञ्ज–लोथर पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी छलफल भएको मन्त्री भण्डारीको सचिवालयले जनाएको छ ।  

    नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनबीच उक्त पाइपलाइन निर्माणका लागि एक महिनाअघि सम्झौता भएको थियो ।

    यस्तै, सर्लाहीमा ग्यास पाइपलाइन निर्माण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको इन्धन डिपो स्थानान्तरणका विषयमा समेत छलफल भएको सचिवालयले जानकारी दिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार