images
images

आज दिनभरको मौसम: कर्णाली प्रदेशका उच्च स्थानमा हिमपात, तराईमा हुस्सु कुहिरो

आज दिनभरको मौसम: कर्णाली प्रदेशका उच्च स्थानमा हिमपात, तराईमा हुस्सु कुहिरो

सोमवार, मंसिर १७ २०८१
सोमवार, मंसिर १७ २०८१
  • आज दिनभरको मौसम: कर्णाली प्रदेशका उच्च स्थानमा हिमपात, तराईमा हुस्सु कुहिरो
    images
    images

    जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान  गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहेको छ ।

    देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।


    साथै, तराईका एक–दुई स्थानमा हल्का हुस्सु लागेको छ।

    सोमबार दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।

    दिउँसो कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    सोमबार राति कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार