पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिगमा मंगलबार पहिलो खेल खेल्यो ।
जीत र हारको विश्लेषण त हुने नै भयो । सँगसँगै कतिपयको नजर भने हाम्रो जर्सीमा परेको थियो । धेरैको जिज्ञासा छ– अरु टिमको जर्सीमा स्पोन्सरहरुको लोगो देखियो, तपाईहरुकोमा देखिएन नि ?
पोखरा एभेन्जर्सले सुरुवातदेखि नै पर्यटन प्रवद्र्धन र जलवायु परिवर्तनलाई आफ्नो मुल मुद्दा बनाएर अघि बढिरहेको पोखरा एभेन्जर्सका सुबोध त्रिपाठीले बताए ।
जर्सीमा आफ्नो लागो राख्न दर्जनौं स्पोन्सरहरु सम्पर्कमा आइरहँदा पनि जलवायु परिवर्तनको चेतनालाई नै प्राथमिकतामा राखेको एभेन्जर्सले दाबी गरेको छ । जर्सीको अगाडी अरुको विज्ञापन राखेनौं, बरु लेख्यौँ– ग्लासियर्स म्याटर’ अर्थात् हिमनदीहरु महत्त्वपुर्ण छन् , अध्यक्ष त्रिपाठीले भने ।
। ‘जर्मनवाच’ नामक अन्तर्राष्ट्रिय संस्थाले सन् २०११ मा गरेको दीर्घकालीन जलवायु जोखिम सूचकांक (२०००–२०१९) को अध्ययन अनुसार नेपाल जलवायु परिवर्तनका दृष्टिकोणबाट उच्च जोखिम भएका मुलुकमध्ये १०औँ स्थानमा छ ।
जलवायु परिवर्तनका कारण तीव्रगतिमा हिउँ पग्लने र तत्काल नदीमा पानीको मात्रा वृद्धि हुने भए पनि दीर्घकालमा पानीको मात्रा (आयतन) घट्ने अनुमान छ।
गण्डकी पोखरा जस्तो सुन्दर सहर बोकेको प्रदेशमात्रै होइन, सुन्दर हिमश्रृंखलाहरुले घेरिएको भुगोल पनि हो ।
तर, विभिन्न अध्ययनहरुले नेपाल भू–बनोट र भौगर्भिक विशिष्टताका कारण जलवायु परिवर्तनको उच्च जोखिममा छ ।
जलवायु परिवर्तनले हुने तापक्रम वृद्धिको असर हिमाली क्षेत्रमा बढी छ।
हाम्रो सौन्दर्य संकटमा पर्नु भनेको संसारकै सुप्रसिद्ध पर्यटकिय सहरका रुपमा परिचित पोखरासँगै सिंगो गण्डकी प्रदेशकै अर्थतन्त्रमा असर पुग्नु रहेको अध्यक्ष त्रिपाठी बताउँछन् ।
पोखरा एभेन्जर्सले खेलमार्फत जलवायु परिवर्तनको चेतना जगाउनुलाई महत्त्वपुर्ण ठानेको जनाएको छ ।
ग्लोबल वार्मिङको विषयलाई लिएर खेलाडीहरुले जर्सी समुन्द्र सतहभन्दा झन्डै ४ हजार उचाइमा रहेको लोमान्थाङमा पुगेर अनावरण गरेको थियो ।
विभिन्न हिमालहरुमा पुगेर झन्डा फहरायो । पोखराको मेरुदण्ड पर्यटन भएको र हामी गण्डकीलाई प्रतिनिधित्व गर्ने टिम भएको कारण त्यहाँको अर्थतन्त्रमा टेवा पुर्याउन पर्यटन प्रवद्धन गर्ने उद्धेश्य राखेको जनाएको छ ।
पोखरालाई 'Pure as Paradise' अर्थात् स्वर्गजस्तै पवित्र भनेर ट्यागलाइन नै दिएको जनाएको छ ।