images
images

निर्माण व्यवसायीले १५ दिनभित्र ३ अर्ब २१ करोड रुपैयाँ भुक्तानी पाउने मन्त्री दाहालको दाबी

निर्माण व्यवसायीले १५ दिनभित्र ३ अर्ब २१ करोड रुपैयाँ भुक्तानी पाउने मन्त्री दाहालको दाबी

आइतवार, मंसिर १६ २०८१
आइतवार, मंसिर १६ २०८१
  • निर्माण व्यवसायीले १५ दिनभित्र ३ अर्ब २१ करोड रुपैयाँ भुक्तानी पाउने मन्त्री दाहालको दाबी
    images
    images

    काठमाडौँ / भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले निर्माण व्यवसायीको बक्यौता भुक्तानी १५ दिनभित्र हुने दाबी गरेका छन् ।
    आइतबार पत्रकारहरूसँग छलफल गर्दै मन्त्री दाहालले ३ अर्ब २१ करोड रुपैयाँ भुक्तानीका लागि अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको बताए ।

    “अर्थ मन्त्रालयमा प्रस्ताव गएको छ । त्यहाँबाट स्वीकृति भएपछि भुक्तानी हुनेछ । हामीलाई पनि निर्माण व्यवसायीको भुक्तानी गर्न नसक्दा अप्ठ्यारो हुने अवस्था थियो । अब त्यो अवस्था हट्छ,” उनले भने ।

    निर्माण व्यवसायीहरूले लामो समयदेखि सरकारले काम गरेको भुक्तानी नदिएको भन्दै गुनासो गर्दै आएका छन् । उनीहरूले प्रधानमन्त्रीदेखि मन्त्रीहरूलाई पटक पटक ध्यानकर्षण गराउँदै आएका छन् ।

    सरकारले असार मसान्तसम्म काम सम्पन्न भइसकेको र बिल उठिसकेको ६ अर्ब रुपैयाँ भुक्तानी दिन बाँकी छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार