images
images

नेप्से ९.९९ अङ्कले घटेको बजारमा ५ कम्पनीको सेयर मूल्यमा सर्किट, कसले कति कमाए, कति गुमाए ?

नेप्से ९.९९ अङ्कले घटेको बजारमा ५ कम्पनीको सेयर मूल्यमा सर्किट, कसले कति कमाए, कति गुमाए ?

आइतवार, मंसिर १६ २०८१
आइतवार, मंसिर १६ २०८१
  • नेप्से ९.९९ अङ्कले घटेको बजारमा ५ कम्पनीको सेयर मूल्यमा सर्किट, कसले कति कमाए, कति गुमाए ?
    images
    images

    काठमाडौँ / आइतबार पनि सेयर बजार ओरालो लागेको छ । गत साताको अन्तिम कारोबार दिन बिहीबार घटेको बजार आइतबार पनि ९.९९ अङ्कले घटेको हो । 

    बिहीबार ३१.३१ अङ्कले घटेर २ हजार ६ सय ८०.४४ बिन्दुमा झरेको बजार आज पनि घटेर २ हजार ७ सय ३८.०६ बिन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ४.२० अङ्कले घटेर ४७३.३० बिन्दुमा झरेको छ । कारोबार रकम भने बिहीबारको तुलनामा सामान्य बढेको छ । 

    बिहीबार ८ अर्ब २५ करोड ७६ लाख ४३ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको बजारमा आइतबार बढेर ८ अर्ब ८३ करोड २२ लाख २५ हजार रुपैयाँ बढीको कारोबार भएको हो । 

    यो दिन ३१४ कम्पनीको १ करोड ६७ लाख ६७ हजार १६८ कित्ता सेयर ८२ हजार ६०२ पटकमा खरिद बिक्री भएको छ । आइतबार कारोबारमा आएका १३ ओटा समूहहरूमध्ये तीन ओटा समूहको परिसूचक बढेको छ । यो दिन बिशाल बजार समूहको सेयरमा आकर्षण बढ्दा सबैभन्दा बढी व्यापारिक समूहको परिसूचक ९.०७ प्रतिशतले उकालो लागेको छ । 

    यसैगरी, विकास बैंक समूहको परिसूचक ४.५२ प्रतिशत र होटल्स तथा पर्यटन समूहको परिसूचक ०.३० प्रतिशतले बढेको छ । आज सबैभन्दा बढी वित्त समूहको परिसूचक २.९६ प्रतिशत र बैंकिङ समूहको परिसूचक १४७ प्रतिशतले घटेको छ ।

    यसैगरी, जीवन बिमा समूहको परिसूचक १.३५ प्रतिशत, अन्य समूहको १.३५ प्रतिशत, हाइड्रोपावर समूहको परिसूचक १.१४ प्रतिशत र लगानी समूहको परिसूचक १.१५ प्रतिशतले घटेको छ । 

    घटेको बजारमा आज ५ ओटा कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यो दिन विशाल बजार कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, ग्रीन डेभलपमेन्ट बैंक र सप्तकोशी विकास बैंकको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । 

    यसैगरी, एक्सेल डेभलपमेन्ट बैंकको सेयर मूल्इ ९६८ प्रतिशत र सर्पोट माइक्रो फाइनान्स वित्तीय संस्थाको सेयर मूल्य ९.४३ प्रतिशतले बढेको छ भने सबैभन्दा बढी जानकी फाइनान्सको सेयर मूल्य घटेको छ । जानकी फाइनान्सको सेयर मूल्यमा नेगेटिभ सर्किट लाग्दा नेपाल फाइनान्सको सेयर मूल्य पनि ९.१५ प्रतिशतले घटेको छ । 

    आइतबारको कारोबार रकममा सर्वाधिक बढी एक्सेल डेभलपमेन्टको हिस्सा रहेको छ । यो कम्पनीको ३४ करोड ३१ लाख ४९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार