images
images

राष्ट्रिय वाणिज्य बैँक लुम्बिनी प्रादेशिक कार्यालयको भवन उद्घाटन गर्दै अर्थमन्त्रीले भने - अग्रणी बैंक बन्नुपर्छ

राष्ट्रिय वाणिज्य बैँक लुम्बिनी प्रादेशिक कार्यालयको भवन उद्घाटन गर्दै अर्थमन्त्रीले भने - अग्रणी बैंक बन्नुपर्छ

आइतवार, मंसिर १६ २०८१
आइतवार, मंसिर १६ २०८१
  • राष्ट्रिय वाणिज्य बैँक लुम्बिनी प्रादेशिक कार्यालयको भवन उद्घाटन गर्दै अर्थमन्त्रीले भने - अग्रणी बैंक बन्नुपर्छ
    images
    images

    काठमाडौँ / उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय वाणिज्य बैंकलाई एक नम्बर बैंक बनाउनेगरी कार्य गर्नुपर्ने बताएका छन् । राष्ट्रिय वाणिज्य बैंकको लुम्बिनी प्रादेशिक कार्यालय बुटवल र शाखा कार्यालय बुटवल खस्यौलीको नवनिर्मित भवन शनिबार उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले बद्लिँदो समयसँगै सबै कुराहरूलाई रूपान्तरण गरी अग्रणी बैंक बनाउनुपर्नेमा जोड दिएका हुन् । 

    उनले सरकारको पूर्ण स्वामित्वमा रहेको वाणिज्य बैंकले प्रवाह गर्ने सेवा र दिने सुविधाहरूलाई समय सापेक्ष बनाउँदै प्रत्येक सेवाग्राहीले आफ्नोपनको महसुश गर्नेगरी कार्य गर्न बैँक व्यवस्थापनलाई अनुरोध गरे । 

    सेवा विस्तारमा सक्रियताका साथ लागेको बाणिज्य बैंकले सेवा सुधारका विषयमा पनि आफुलाई केन्द्रीत गरेर सेवाग्राहीको बढी रुचाइएको बैंक बनाउन आग्रह गरेका हुन् । 

    कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिका अध्यक्ष दिलिप कुमार ढुङ्गानाले नेपालको माटो सुहाउँदो सेवा र सुविधाहरू प्रदान गर्न आफुहरू प्रतिवद्ध रहेको बताए । 

    उनले कृषि, उर्जा, व्यापार, शिक्षा, स्वास्थ्या, उद्यम व्यवसाय, निर्माण, नवीकरणीय उर्जा लगायतका विषयगत क्षेत्र तय गरी लगानी गरिरहेको उनको भनाई छ ।

    सहज, छिटो छरितो र सेवाग्राही केन्द्रीत सेवा प्रवाहमा आफुहरू सदैव सजग रहेको स्मरण गराउँदै अगामी दिनमा बैँकका हरेक गतिविधिलाई सूचना प्रविधिसँग जोड्दै लैजाने दावी गरे ।

    यसैगरी कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले बैंकले उत्पादनलाई जोड दिँदै कृषि, पर्यटन, उर्जा, साना उद्यम एवम् पूर्वाधार क्षेत्रमा लगानी बढाएको बताए । 

    उनले वित्तीय साक्षरता, समाजिक समुदायिक कार्यलाई जोड दिँदै नागरिकसँग बाणिज्य बैंकको सम्बन्ध थप सुमधुर बनाउन काम गरिरहेको उनको जिकिर छ । 

    प्रतिस्पर्धी बजारको मागअनुसार बैंकले सेवा र सुविधाहरूलाई समय सापेक्ष बनाउनुपर्ने आवश्यकतालाई महसुश गरी बैंकले आफ्नो कार्यलाई परिमार्जित रूपमा अगाडि बढाएको बताए । 

    साझा प्रतिवद्धताले मात्र समृद्धि सम्भव रहेको स्मरण गराउँदै प्रमुख कार्यकारी अधिकृत खनालले बैंकलाई आजको अवस्थासम्म ल्याउन सहयोग गर्ने सम्पूर्णलाई धन्यावाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तै साथ सहयोग भए बैंक उत्कृष्ट बन्ने विश्वास व्यक्त गरे । 

    उनले देशको अर्थतन्त्रमा देखिएको असहज अवस्थाका बावजुद बैंकले आफ्ना सूचकहरूलाई व्यवस्थापन गर्दै राष्ट्रिय अर्थतन्त्रमा योगदान दिइरहेको स्मरण गराए । 

    कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरी प्रसाद अर्यालले व्यजदरमा अहिले भईरहेको एकल अङ्कको ब्याजदरलाई स्थीर बनाउन आवश्यक रहेको बताए । 

    यसैगरी कार्यक्रममा बुटवल उपमहानगर पालिकाको वडा नं. ४ का वडा अध्यक्ष नरेश्वर पौडेलले आर्थिक अवस्थामा देखिएको चुनौतीहरू पार गर्न राष्ट्रिय बाणिज्य बैंकले महत्वपूर्ण भूमिका खेल्ने बताए । 

    0.JPG

    त्यसैले कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाईले बैँकको सेवा प्रवाहमा सुधारको सुरुवात भइरहेको प्रति खुसी व्यक्त गरे । 

    बैंक सञ्चालक समितिका अध्यक्ष दिलिप कुमार ढुङ्गानाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन उपकार्यकारी अधिकृत पवन रेग्मीले गरेका थिए । 

    कार्यक्रममा बैंक सञ्चालक समितिका सदस्यहरू, उपकार्यकारी अधिकृतहरू, विभागीय प्रमुखहरू, प्रादेशिक प्रबन्धकहरू, कम्पनी सचिव लगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममको पूर्व सन्ध्यामा वित्तीय साक्षरताको लागि प्रभातफेरी कार्यक्रम समेत सञ्चालन गरिएको थियो ।

    हाल ७ वटै प्रदेशका ७७ जिल्लाका सदरमुकाम सहित देशैभर रहेका २९४ शाखा कार्यालय, ३१२ एटिएम, ९९ वटा शाखा रहित बैंकिङ्ग सेवा, ७३ वटा एक्स्टेन्सन काउण्टर, क्युआर कोड सेवा, पिओएस (प्वाइन्ट अफ सेल) सेवा, क्रेडिट कार्ड, डेबिट कार्ड, कनेक्ट आइपिएस, स्मार्ट क्यूआर टेलर (बिना चेक रकम झिक्न सकिने), इन्टरनेट बैंकिङ्ग, परिष्कृत रूपको मोवाइल बैंकिङ्ग (डिजिटल संसार) तथा बिना इन्टरनेट चल्ने युएसएसडि मोवाइल बैंकिङ्गका सेवाहरू समेत सञ्चालनमा रहेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार