images
images

इजरायली-प्यालेस्टिनी द्वन्द्वका कारण विस्थापित प्यालेस्टाइनीहरू आँधीबेहरी र शक्तिशाली हावाको चपेटामा

इजरायली-प्यालेस्टिनी द्वन्द्वका कारण विस्थापित प्यालेस्टाइनीहरू आँधीबेहरी र शक्तिशाली हावाको चपेटामा

शुक्रवार, मंसिर १४ २०८१
शुक्रवार, मंसिर १४ २०८१
  • इजरायली-प्यालेस्टिनी द्वन्द्वका कारण विस्थापित प्यालेस्टाइनीहरू आँधीबेहरी र शक्तिशाली हावाको चपेटामा
    images
    images

    एजेन्सी / आँधीबेहरी र शक्तिशाली हावाका कारण दक्षिणी गाजापट्टीमा विस्थापित प्यालेस्टाइनीहरूको अवस्था नाजुक भएको छ । विस्थापितहरूको दशौं हजार पालहरू उडाएको छ । 

    सबैभन्दा ठूलो आँधीबेहरी र शक्तिशाली हावाले उक्त क्षेत्र प्रभावित छ । हमासद्वारा सञ्चालित गाजाको मिडिया कार्यालयका अनुसार अलमवासी शिविरमा रहेका करिब १० हजार पालहरू समुद्री उछालबाट बगेको र क्षतिग्रस्त भएका हुन् ।

    सन् २०२३ को अक्टोबरबाट सुरु भएको इजरायली-प्यालेस्टिनी द्वन्द्वको पछिल्लो चरणमा १० हजार व्यक्तिहरू विस्थापित छन् । धेरैजसो विस्थापितहरू समुद्री किनारामा जोखिमपूर्ण रूपमा बसोबास गरिरहेका छन् ।

    स्थानीय बासिन्दाले चाइना सेन्ट्रल टेलिभिजन (सीसीटीभी) विस्थापितहरूलाई चिसोबाट बच्न पर्याप्त सामग्री र जाडोबाट बच्नका लागि पर्याप्त सामग्रीहरू छैनन् । जाडोको आगमनसँगै गाजाको तापक्रम घट्दै गएको छ, वर्षा र हावाको दिन बढ्दै गएको छ । 

    विस्थापित मानिसहरूलाई बस्ने १ लाख ३५ हजार पालमध्ये ८१ प्रतिशत नराम्ररी क्षति पुगेको छ । इजरायलले गाजामा आवश्यक पालहरू र मोबाइल घरहरू वितरणमा रोक लगाएका कारण थप कठिनाइ भएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार