images
images

हिउँद लागेसँगै वायुको गुणस्तर खस्कदो, विश्वकै प्रदूषित सहरको सातौँ स्थानमा काठमाडौँ

हिउँद लागेसँगै वायुको गुणस्तर खस्कदो, विश्वकै प्रदूषित सहरको सातौँ स्थानमा काठमाडौँ

बिहिवार, मंसिर १३ २०८१
बिहिवार, मंसिर १३ २०८१
  • हिउँद लागेसँगै वायुको गुणस्तर खस्कदो, विश्वकै प्रदूषित सहरको सातौँ स्थानमा काठमाडौँ
    images
    images

    काठमाडौँ /  काठमाडौँलगायत विभिन्न सहरहरूमा वायु प्रदुषण बढ्न थालेको छ । हिउँदयाम सुरु भएसँगै वायुको गुणस्तर खस्किदो छ ।काठमाडौँ विश्वकै प्रदूषित सहरको सातौँ स्थानमा पुगेको युरोपेली प्रदूषण मापन संस्था वर्ल्ड एयर क्वालिटी इन्डेक्स (आईक्यूएयर)ले देखाएको हो । 

    बिहीबार अपरान्ह १२ बजेर १९ मिनेटमा विश्वको प्रदूषित सहर सूचकाङ्कको सातौँ स्थानमा देखिएको छ । आईक्यूएयरका अनुसार बुधवार अपराह्न १२ः १९ बजे काठमाडौँको वायु प्रदूषणको मात्रा १५५ आईक्यूआई छ ।

    सूचाङकअनुसार पाकिस्तानको लाहोर पहिलो स्थानमा छ । सो समयमा लाहोरको वायु प्रदूषणको मात्रा ४७७ आईक्यूआई देखिएको छ । 

    दोस्रो स्थानमा रहेको भारतको दिल्लीमा ४३७ आईक्यूआई देखिएको छ । 

    इजिप्टको कायरो, नर्थको म्यासेडोनिया स्कोप्ज, काजकिस्तानको अस्तान, पाकिस्तानको कराँचीलगायत सहरमा बढी वायु प्रदूषण देखिएको छ । वायु प्रदूषण बढेसँगै वातावरण विभागले सावधानी अपनाउन आग्रह गरेको छ । 

    विभागले ठोस तथा प्लास्टिकजन्य फोहोर तथा कृषिजन्य अवशेषहरू नजलाउन, सवारी साधनको नियमित मर्मत सम्भार गर्न, उद्योग कलकारखाना तथा भान्साहरूमा स्वच्छ ऊर्जाको प्रयोग गर्न, सडक तथा निर्माण कार्यहरूबाट उड्ने धूवाँ धूलोको नियन्त्रण गरी सावधानी अपनाउन आग्रह गरेको हो ।

    नेपालमा विशेषगरी मङ्सीरदेखि जेठसम्मको समयमा वायु प्रदूषण उच्च हुने गरेको पाइन्छ ।

    बिहीबार काठमाडौँ उपत्यकाको रत्नपार्क र खुमलटार क्षेत्र अस्वस्थकर’को वर्गमा परेको छ भने चितवनको भरतपुर सबैभन्दा ‘प्रदूषित’ सहरका रूपमा देखिएको छ ।

    पछिल्लो २४ घण्टामा भरतपुरको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १६५ पुगेको वातावरण विभागले जनाएको छ । रत्नपार्क र खुमलटारमा पनि एक्यूआई क्रमशः १६४ र १५७ पुगेको छ । यसअघि काठमाडौँ विश्वको आठौँ प्रदूषित सहरको रूपमा रहेको थियो ।
     
    विश्व स्वास्थ्य संगठनले एक्यूआई ५० भन्दा कम रहेको वायुलाई स्वस्थकर मानेको छ । विश्वभर वायु प्रदुषणका कारण वार्षिक रूपमा ७० लाख मानिसको मृत्यु हुने गरेको छ ।

    नेपालमा ४२ हजार १ सय र काठमाडौँमा मात्र ५ हजार व्यक्तिको मृत्युको कारण वायु प्रदुषण भएको अध्ययनहरूले देखाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार