images
images

हिउँद लागेसँगै आगलागीका घटना किन बढ्छन् ? कसरी बच्ने ?

हिउँद लागेसँगै आगलागीका घटना किन बढ्छन् ? कसरी बच्ने ?

मंगलवार, मंसिर ११ २०८१
मंगलवार, मंसिर ११ २०८१
  • हिउँद लागेसँगै आगलागीका घटना किन बढ्छन् ? कसरी बच्ने ?
    images
    images

    हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि भएका छन्। 

     राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिउँदको समय आगालागी बढ्ने भएकोले सुरक्षा सतर्कता बढाउन समेत भनेको छ । कतिपय स्थानमा असावधानीका कारण आगलागी हुँदा जनधनको क्षति भएकोको प्राधिकरणको विवरणमा उल्लेख छ।

    प्राधिकरणले उपलब्ध गराएको मंसिर १ देखि १० गतेसम्मको विवरणमा सबैभन्दा बढी आगलागीका घटना भएको देखिएको हो।

    प्राधिकरणका अनुसार मंसिर १ गते ११ वटा विपद्का घटना भएका थिए। त्यसमध्ये आठ वटा आगलागीका मात्रै घटना थिए भने जनावरको आक्रमणबाट एक जना र लेक लागेर एक जनाको मृत्यु भएको थियो।

     मंसिर २ गते विपद्का १२ वटा घटनालाई प्राधिकरणले समावेश गरेको छ। त्यसदिन पनि विभिन्न आठ स्थानमा आगलागी भएका थिए।

    झापाको दमकमा हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको थियो। यस्तै, मुस्ताङमा लेक लागेर एक जना र सुनसरीमा अर्नाले हानेर एक जना घाइते भएका थिए । 

    मंसिर ३ गते दुई वटा घटनामात्रै भएका प्राधिकरणले जनाएको छ। मोरङमा आगलागी र बैतडीको पाटनमा सुक्खा पहिरो खस्न गई महाकाली राजमार्गमा अवरुद्ध भएको थियो । 

    यसैगरी मंसिर ४ गते देशभर १६ मध्ये १३ वटा आगलागीका विपद्जन्य घटना भएका थिए।

    मंसिर ५ गते देशभर १२ वटा आगलागीका घटना भएको पाइएको छ । आगलागीमा ठूलोमात्रामा भौतिक क्षति भए पनि मानवीय क्षति नभएको प्राधिकरणको विवरणमा समावेश छ। त्यसदिन आगलागीमा परी एक जना घाइते भएका छन् । 

    मंसिर ६ गते १० वटा घटना घटेकामा नौ वटा आगलागीका मात्रै थिए । त्यसदिन आगलागी र जनावर आक्रमणमा परी दुई जना घाइते भएका उल्लेख छ।

    मंसिर ७ गते देशभरका १४ स्थानमा आगलागी भएको थियो। आगलागीका कारण भौतिक सामग्री जलेर नष्ट भई दुई जना घाइते भएका प्राधिकरणले जनाएको छ। मंसिर ८ गते देशभर १० वटा विपद्जन्य घटनामध्ये नौ वटा आगलागीका थिए। लेक लागेर एक जना र आगलागीबाट एक जना घाइते भएका थिए। 

    मंसिर ९ गते देशभर विपद्का १५ घटनामध्ये १४ वटा आगलागीका थिए । सो दिन नवलपरासी पूर्वमा गैंडाको आक्रमणमा परी एक जनाको मृत्यु भएको थियो । यस्तै आगलागीमा परेर दुई जना घाइते भएका थिए।

    मंसिर १० गते विपद्जन्य १४ वटा घटना देशभर घटेका छन् । त्यसमा १३ वटा आगलागीका हुन्। यसरी पछिल्ला १० दिनको विवरणमा सबैभन्दा बढी आगलागीका घटना छन्। 

    कसरी बच्ने ?

    प्राधिकरणले घर नजिक कुवा, इनार र पोखरीको व्यवस्था गरी पानीको जगेर्ना गर्न, समुदायस्तरमा आगलागीको समयमा तत्काल प्रयोगका लागि डोरी, बोरा, कपडा, बाल्टिन, कुटो, कोदालो आदिको व्यवस्था गर्न, समयमा सम्बन्धित निकायमा सूचना गर्न आग्रह गरेको छ। 

    यस्तै क्षति कम गर्न परिवार तथा समुदायमा पूर्वतयारी योजना तयार पारी कार्यान्वयन गर्न अनुरोध गरेको छ।

    प्रज्वलनशील पदार्थहरू (सलाई, मट्टितेल, पेट्रोल, ग्यास सिलिण्डर आदि) सुरक्षित राख्न, शरीरमा आगो लागेमा उक्त व्यक्तिलाई दौडन नदिइ भुइँमा सुताएर टाउकोदेखि पैतालासम्म कम्बल वा बोरा आदिले छोप्नुपर्ने प्राधिकरणले उल्लेख गरेको छ।

    आगलागी भएको ठाउँभित्र जानुपरेमा तालिम प्राप्त व्यक्तिमात्र जान, वनजङ्गलमा जथाभावी आगो नलगाउन, चुरोटका ठुटा जथाभावी नफाल्न र खाना पकाइसकेपछि आगो राम्ररी निभाउन प्राधिकरणले अनुरोध गरेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार