images
images

चालु खाता १११ र शोधनान्तर स्थिति १८४ अर्बले बचतमा, विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च

चालु खाता १११ र शोधनान्तर स्थिति १८४ अर्बले बचतमा, विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च

मंगलवार, मंसिर ४ २०८१
मंगलवार, मंसिर ४ २०८१
  • images
    images
    चालु खाता १११ र शोधनान्तर स्थिति १८४ अर्बले बचतमा, विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च
    images
    images

    काठमाडौँ / चालु आर्थिक वर्षको पहिलो तीन महिनामा चालु खाता र शोधनान्तर स्थिति बचतमा देखिएको छ भने विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च देखिएको छ ।

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको तीन महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार उक्त अवधिमा चालु खाता १ खर्ब ११ अर्ब ८७ करोडले बचतमा छ । 

    अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५९ अर्ब ६५ करोड रुपैयाँले बचतमा थियो । यस अवधिमा खुद पुँजीगत ‘ट्रान्सफर’ २ अर्ब रुपैयाँ कायम भएको छ भने प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह ४ अर्ब ८१ करोड रुपैयाँ छ । 

    अघिल्लो वर्षको सोही अवधिमा खुद पुँजीगत ट्रान्सफर १ अर्ब १५ करोड रुपैयाँ कायम भएको थियो भने प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह (इक्विटी मात्र) ३ अर्ब ३८ करोड रुपैयाँ रहेको थियो। पहिलो तीन महिनामा शोधनान्तर स्थिति १ खर्ब ८४ अर्ब ९९ करोड रुपैयाँले बचतमा रहेको छ।

    त्यस्तै, गत असार मसान्तसम्ममा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति तीन महिनामा ९.४ प्रतिशतले वृद्धि भई गत असोज मसान्तमा २२ खर्ब ३२ अर्ब २८ करोड रुपैयाँ पुगेको छ । 

    अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा १५ अर्ब २७ करोड रहेकामा असोज मसान्तमा ८.७ प्रतिशतले वृद्धि भई १६ अर्ब ६० करोड पुगेको छ ।

    कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकको सञ्चिति १९ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ। बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २ खर्ब ४४ अर्ब २७ करोड रुपैयाँ कायम भएको छ । 

    गत असोज मसान्तसम्मको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.९ प्रतिशत रहेको छ । चालु आर्थिक वर्षको तीन महिनाको आयातलाई आधार मान्दा बैङ्किङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति र वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार