images
images

नेपाल वायुसेवा निगमको ‘मकालु’ जहाज अब नियमित उडानमा

नेपाल वायुसेवा निगमको ‘मकालु’ जहाज अब नियमित उडानमा

सोमवार, मंसिर ३ २०८१
सोमवार, मंसिर ३ २०८१
  • नेपाल वायुसेवा निगमको ‘मकालु’ जहाज अब नियमित उडानमा
    images
    images

    काठमाडौँ / नेपाल वायुसेवा निगमको ए–३३० वाइडबडी जहाज ‘नाइन एन–एएलजेड’ (मकालु) आजदेखि पुनः नियमित उडानमा जाने भएको छ ।

    जहाजको नियमित सि–चेकको मर्मतपश्चात् नियमित उडान गर्न लागिएको निगमका प्रवक्ता रमेश पौडेलले बताएका छन् । 

    जहाज मर्मतका लागि तीन महिनाअघि इटाली लगिएको थियो । उनले भने, “अन्तर्राष्ट्रिय विधिसम्मत प्रक्रिया पूरा गरी सि–चेकको मर्मतसम्भारपछि जहाज आइपुगेको छ । जहाज बिहान ८ बजेर ५२ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । आज बेलुकाबाटै उडान सुरु हुनेछ ।”

    उक्त जहाजसहित निगमका चारवटै जहाजले अन्तर्राष्ट्रिय क्षेत्रमा नियमित उडान गरेसँगै यात्रुलाई थप सेवा पुग्ने विश्वास गरिएको प्रवक्ता पौडेलले बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार