images
images

नेपाल, जापान र दक्षिण कोरियाबीच कुटनीतिक सम्बन्ध स्थापनको ५० वर्ष :  ‘के पप टुर इन नेपाल’ कन्सर्ट हुँदै

नेपाल, जापान र दक्षिण कोरियाबीच कुटनीतिक सम्बन्ध स्थापनको ५० वर्ष :  ‘के पप टुर इन नेपाल’ कन्सर्ट हुँदै

बिहिवार, कार्तिक २९ २०८१
बिहिवार, कार्तिक २९ २०८१
  • नेपाल, जापान र दक्षिण कोरियाबीच कुटनीतिक सम्बन्ध स्थापनको ५० वर्ष :  ‘के पप टुर इन नेपाल’ कन्सर्ट हुँदै
    images
    images

    काठमाडौँ / नेपाल, जापान र दक्षिण कोरियाबीचको ५० वर्ष पुरानो मित्रतालाई प्रवर्द्धन गर्न डिसेम्बरमा ‘के पप टुर इन नेपाल’ हुने भएको छ । 

    काठमाडौँको हायात होटलमा डिसेम्बर २० र २१ तारिखमा ‘के पप टुर इन नेपाल’ आयोजना हुने भएको हो । कार्यक्रमको आयोजकमा ग्रान्ड च्यारिट नेपालले रहेको छ । 

    "विश्व प्रख्यात के-पप जे-पप ताराहरू र लामो पक्षका चर्चित नेपाली कलाकारहरू सहितको गतिशील संगीत कन्सर्टलाई प्रायोजन गर्ने असाधारण अवसर प्रदान गर्न पाउँदा हामी हर्षित छौँ," आयोजकले भनेको छ । 

    यो रोमाञ्चक दुई दिने संगीतिक कार्यक्रमले नेपाल र विदेशबाट हजारौँ उत्साही प्रशंसकहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको आयोजकले बताएको छ ।
     
    उक्त कार्यक्रममा जापान, दक्षिण कोरिया र नेपालका कलाकारले प्रस्ततु दिने छन् । कार्यक्रम दिउँसो १ बजेबाट राती १० बजेसम्म हायात होटलमा यो कार्यक्रमको आयोजना हुने आयोजक  ग्रान्ड च्यारिट नेपालले जनाएको छ । 

    यो कार्यक्रममा के पप, जे पप र ने–पपका कलाकारहरुले आफ्नो प्रस्तुति रहनेछ । 

    नेपालसँग जापान र दक्षिण कोरियाको मैत्री सम्बन्ध स्थापित भएको ५० बर्ष पुगेको शुभ अबसरमा यो कार्यक्रमको आयोजना हुन लागेको आयोजकले जानकारी दिए ।  

    नेपालका कलाकारहरुसँग जापान र दक्षिण कोरियाका कलाकारहरुले एक अर्काको देशको संस्कृती झल्कने प्रस्तुती राख्नेछन् । 

    कार्यक्रममा सहकार्य गर्न पाउदा नेपाल, जापान र दक्षिण कोरियाका कलाकारहरु उत्साहित छन् । 

    ‘के पप टुर इन नेपाल’ सांगीतिक कन्सर्टमा नेपालका चर्चित ब्यान्ड कुटुम्ब, गायक दीपक बज्राचार्य र करण परियारले आफ्नो प्रस्तुती रहेको छ । 

    कन्सर्टमा कोरिया तथा जापानका केल्ट नाइन वी, बस्टर्च ग्रूप, डस्टिन ग्रुप, लभ वन ग्रुप, सामुराई लगायतका व्यान्डका कलाकारहरुले आफ्नो प्रस्तुती राख्नेछन् । यस्तै, एओनियो मामी, हान सेह्यूनले पनि यो कार्यक्रममा प्रस्तुती रहने आयोजकले जनाएको छ । 

    ग्रान्ड च्यारिट नेपालले ‘कार्यक्रमलाई भव्य बनाउन कुनै कसर बाँकी नराखेको बताउदै कार्यक्रममा दर्शकले नेपालसँगै दक्षिण कोरिया र जापानका कलाकारहरुको प्रस्तुतीबाट नयाँ अनुभव गर्न सक्ने  जानकारी दिए ।  

    आयोजकले यसका लागि टिकट विक्री समेत खुल्ला भएको बताएको छ । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार