images
images

कुलमानले १५ दिनभित्र पनि बक्यौता नउठे प्रक्रिया अनुसार प्राधिकरण अघि बढ्छ भनेको के हो ?

कुलमानले १५ दिनभित्र पनि बक्यौता नउठे प्रक्रिया अनुसार प्राधिकरण अघि बढ्छ भनेको के हो ?

मन्त्रिपरिषद्को निर्देशन अनुसार बक्यौता नतिरेका उद्योगीको लाइन जोडिएको छ, अब उद्योगीहरुले बक्यौता बुझाउनुपर्छ, फेरि पनि आलटाल गरे प्रक्रिया अनुसार अघि बढ्छौँ

बुधवार, कार्तिक २८ २०८१
बुधवार, कार्तिक २८ २०८१
  • कुलमानले १५ दिनभित्र पनि बक्यौता नउठे प्रक्रिया अनुसार प्राधिकरण अघि बढ्छ भनेको के हो ?
    images
    images

    काठमाडौँ/ नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज प्राधिकरण कार्यलयमा एक्कासी पत्रकार सम्मेलन गरे । उद्योगीहरुबाट बाँकी बक्यौता उठाइ छाड्ने अडान लिदा पटक पटक उद्योगीहरुको उद्योगमा लाइन काटिएको छ । लाइन जोडिदिन प्रधानमन्त्री केपी ओलीसम्म लविङ गरिरहेका छन् । मन्त्री सांसदका ढोका ढोकामा पुगेका छन् । 

    तर, निर्देशक कुलमानले जनतालाई अध्यारामा राखेर उद्योगीलाई दिइएको बिजुलीको बक्यौता कानुन बमोजिम नै कुनै पनि हालतमा उठाइने दोहोर्याइरहेका छन् । एक हिसावले प्राधिकरणका कुलमान र प्रधानमन्त्री स्तरमै एक प्रकारको टक्कर देखिएको छ । प्रधानमन्त्री ओली सकेसम्म उद्योगीको बाँकी बक्यौता नतिराउने ध्याउन्नमा देखिन्छ ।

    यसै विषयको टसलले उद्योगी र कुलमान बिच टसल देखिदै आएको छ । तर, सरकारले अझै ठोस समाधानको उपाय नदेखिदा बल्झिरहने देखिएको छ । यद्यपि सरकार कुलमानलाई हटाएरै भएपनि उद्योगीहरुलाई राहात दिने मनसायमा देखिन्छ । 

     प्राधिकरणको केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक  घिसिङले अबको १५ दिनभित्र पनि बक्यौता नउठे फेरि प्रक्रिया अनुसार अघि बढ्ने स्पष्ट पारे । 

    “मन्त्रिपरिषद्को निर्देशन अनुसार बक्यौता नतिरेका उद्योगीको लाइन जोडिएको छ, अब उद्योगीहरुले बक्यौता बुझाउनुपर्छ, फेरि पनि आलटाल गरे प्रक्रिया अनुसार अघि बढ्छौँ”, कार्यकारी निर्देशक घिसिङले भने । यसको अर्थ उद्योगीले रकम नबुझाए पुनः लाइन काटिने संकेत उनले गरेका छन् । यसबीचमा बक्यौता उठाउन सरकार, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलगायत सबैले सहयोग समेत उनले मागेका छन् । 

    क्यौता बुझाउनका उद्योगीलाई किस्ताबन्दीको सुविधा

    प्राधिकणले बक्यौता बुझाउनका लागि उद्योगीलाई किस्ताबन्दीको सुविधा दिएको भए पनि उद्योगीहरुले त्यसको सदुपयोग गर्न सकेका छैनन् । बरु बखेडा निकालेर उद्योगीहरु बालुवाटारदेखि बालुवाटारस्मम दौडधुप गरिरहेका छन् । 

    ‘अबको १५ दिनभित्र बक्यौता नबुझाए यो विषय सरकार, ऊर्जा मन्त्रालय र प्राधिकरणको सरोकार मात्रै नभई जनसरोकारको विषय बन्ने स्पष्ट पारे । 

    लाइन काट्ने, पुनः जोड्ने तर बक्यौता नउठ्ने विषय अब रहन हुँदैन, बक्यौतासम्बन्धी समस्या समाधानको चरणमा पुगेको अवस्थामा प्राधिकरणले सरकारको निर्देशन मानेको हो”, उनले  स्पष्ट भने । 

    प्राधिकरणबाट डेडिकेटेड र ट्रङ्क लाइन सुविधा लिएकामध्ये २८ बाहेक अन्य उद्योगीले नियमित महसुल तिरिरहेका छन् । 

    कार्यकारी निर्देशक घिसिङले ठूला घरानाका उद्योगले महसुल नतिर्दा ग्राहकले पनि शुल्क तिर्न गाह्रो मानिरहेको बताए । 

    ठूलो मात्रामा रहेको बक्यौता समयमै नउठे प्राधिकरणको वित्तीय अवस्था नै खराब हुनसक्ने खतरा संकेत गरेका  छन् । 

    “ठूला औद्योगिक घरानाको लाइन जोड्दै जाने, तर न्यूनतम शुल्क तिर्न नसक्नेको लाइन काट्दै जाँदा महसुल सङ्कलन घट्दै गएको छ, यो चिन्ताको विषय हो”  उनले भने, बक्यौता नउठ्दा उत्पादन र प्रसारणलाइन निर्माण तथा नगद प्रवाहमै ठूलो समस्या आउन सक्ने उनको अनुमान छ । 

    प्राधिकरणले खपत अनुसारको बिल उद्योगलाई दिएको स्पष्ट पार्दै कार्यकारी निर्देशकले अहिले प्रिमियम शुल्क मात्रै उठाउन खोजिएको जानकारी दिए । 

    विद्युत् नियमन आयोग बाहेक अन्यले बिल ठिक होइन भन्न नमिल्ने जनाउँदै उनले बिलमा चित्त नबुझे सम्बन्धित निकायमा जान उद्योगीलाई बाटो खुला रहेको समेत बताए । 

    प्राधिकरणको खरिद प्रक्रिया र उपकरण मौज्दातको विषयमा गरिएका टिका टिप्पणीको खण्डन गर्दै कार्यकारी निर्देशक घिसिङले प्रचलित कानुन अनुसार नै खरिद प्रक्रिया अघि बढाइएको स्पष्ट बताए । 

    “कुन सामग्री कति मौज्दात राख्ने भन्ने परियोजना अनुसार हुन्छ, हामीले अत्यन्तै थोरै परिणाममा मात्रै मौज्दात राखेका छौँ”, उनले भने, “माग भएपछि उपकरण खरिद गर्ने भन्ने हो भने समयमै माग अनुसार उपलब्ध गराउन सकिदैन ।”

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार