images
images

आर्थिक सुधार र संविधान संशोधनको काम हुँदैछ : प्रधानमन्त्री ओली

आर्थिक सुधार र संविधान संशोधनको काम हुँदैछ : प्रधानमन्त्री ओली

सोमवार, कार्तिक २६ २०८१
सोमवार, कार्तिक २६ २०८१
  • आर्थिक सुधार र संविधान संशोधनको काम हुँदैछ : प्रधानमन्त्री ओली
    images
    images

    विराटनगर / प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आर्थिक सुधार र संविधान संशोधनको विषयमा आवश्यक छलफल भइरहेको बताएका छन् । विराटनगर विमानस्थलको अतिविशिष्ट कक्षबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले देशको आर्थिक सुधार र संविधान संशोधनका विषयमा छलफल भइरहेको बताएका हुन् । 

    सो अवसरमा प्रधामन्त्री ओलीलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेश कमिटीका इन्चार्ज एवं पूर्वमुख्यमन्त्री शेरधन राई र पार्टी प्रदेश अध्यक्ष घनश्याम खतिवडा, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, सुरक्षा निकायका प्रमुखहरु, पार्टीका नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए । 

    प्रधानमन्त्री ओली बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको १३औँ दीक्षान्त समारोहमा  सरिक हुने क्रममा आज यहाँ आएका हुन् । 

    प्रधानमन्त्री ओली सो प्रतिष्ठानको कुलपति छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार