images
images

पोखरा एभेन्जर्सको जर्सी लोमान्थाङबाट सार्वजनिक

पोखरा एभेन्जर्सको जर्सी लोमान्थाङबाट सार्वजनिक

शुक्रवार, कार्तिक २३ २०८१
शुक्रवार, कार्तिक २३ २०८१
  • पोखरा एभेन्जर्सको जर्सी लोमान्थाङबाट सार्वजनिक

    काठमाडौँ / एनपिएलको सबैभन्दा महँगो टिम पोखरा एभेन्जर्सको जर्सी सार्वजनिक गरिएको छ । टिमका प्रमुख सल्लाहकार एवं मेन्टर जोन्टी रोड्सले जर्सी सार्वजनिक गरेका हुन् । जोन्टी जर्सी सार्वजनिक गर्न मुस्ताङको लोमान्थाङ पुगेका थिए ।

    images
    images
    images
    images

    पोखरा एभेन्जर्सले क्रिकेटसँगै जलवायु परिवर्तन र दिगो पर्यटनलाई केन्द्रित गरि लोमान्थाङबाट जर्सी सार्वजनिक गरेको अध्यक्ष सुबोध त्रिपाठीले बताए ।

    “जलवायु परिवर्तन, हिमालय पग्लिने कुरालाई क्रिकेटका माध्यमबाट उजागर गर्न खोजेका छौँ,” उनले भने, “गण्डकीमा हिम पर्वत श्रृङ्खलाको पर्यटन प्रवर्द्धन गर्न र नियमित पग्लिरहेको हिउँको कुरा विश्वमै ल्याउन लागिरहेका छौँ। यसमा हामी गम्भीर हुनुपर्ने छ । यसमा एउटा सन्देश दिनको लागि पनि हामी आएका छौँ,” उनले भने ।

    बिहीबार पाहुनाको स्वागतमा गण्डकीमा र्याली निकालेको र त्यहाँको स्वतस्फूर्त सहभागिताले क्रिकेटप्रतिको क्रेज देखाएको त्रिपाठीले बताए ।

    जोन्टी रोड्सले पोखरा एभेनजर्सको जर्सी सार्वजनिक गरेका थिए । “पोखरामा आबद्व हुँदा उत्साहित छु । मेरो अनुभव र ज्ञानले पोखरामात्र होइन नेपालको क्रिकेटको उदयका लागि योगदान हुनेछ,” उनले भने ।

    जोन्टीले नेपालले के गर्छ हेर्न आतुर रहेको बताए । “क्रिकेटमा धेरै अवसर छ । नेपालको भविष्य उज्जवल छ,” उनले भने । कार्यक्रममा पोखरा गीत प्रस्तुत गरिएको थियो ।

    पोखराका ब्राण्ड एम्बेस्डर सन्दीप क्षेत्रीले भने, “पोखरासँग मित्रवत् एसोसिएसन हो । पोखराले कुनै कुरामा कञ्जुसाई गरेको छैन । लोमान्थाङमै जर्सी अनावरण गर्नु पर्यटनका लागि राम्रो हो ।” जलवायु परिवर्तन र दिगो विकास पर्यटन पनि सँगसँगै हुने उनले बताए । 

    “म यहाँ जोडिदा जलवायु परिवर्तनको सन्देश दिनेमात्र होइन दिगो पर्यटनमा जोडिएको छ । म दुइटामा जोडिदा गर्व लागेको छ,” उनले भने । कार्यक्रममा सन्दिप क्षेत्रीले जोन्टी रोड्ससँग कुराकानी गरे । “जोन्टीले राम्रो खेलकुद पूर्वाधार, खेलको विकास र अन्तर्राष्ट्रिय स्तरको खेलाडी विकास होस् भन्ने मेरो चाहना हो,” उनले थपे । कार्यक्रममा पोखरा एभेन्जर्सको अफिसियल गीत बजाइएको थियो ।

    jonti rods.JPG

    कार्यक्रममा क्यानका कप्तान पारस खड्काले नेपाली क्रिकेटको विकासमा मोन्टीले आगमनले सघाउने बताए । “प्रतियोगितामा टफ्री एउटाले जित्नेछ । तर नेपाली क्रिकेटको सहभागिताले राष्ट्रको क्षमता अभिवृद्धि गर्नेछ । नेपाली क्रिकेटको लागि सुखद हुनेछ,”  उनले भने ।

    पोखरा एभेन्जरेसले क्लाइमेट चेञ्जको म्यासेज अगाडि बढाउन खोजेकोमा खड्काले धन्यवाद दिए । १४ वटा हिमाल आरोहण गरेका निमा तेन्जिङ शेर्पाले  पर्यटन र क्रिकेट एकअर्काको परिपुरक भएको बताउँदै सबैले पोखरालाई सहयोग गर्न अनुरोध गरे ।

    “जलवायु परिवर्तनले पानीको प्रवाह बढेको छ । जलवायु परिवर्तनलाई जलवायु परिवर्तन सँग जोड्नु सुखद छ,” उनले भने ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार