काठमाडौँ / फेस अफ कर्णाली याक्सका रूपमा नायिका स्वस्तिमा खड्कालाई प्रस्तुत गरिएको छ । बुधवार काठमाडौँमा आयोजित एक फेस अफ कर्णाली याक्स सार्वजनिक कार्यक्रममा उनलाई सार्वजनिक गरिएको हो ।
कार्यक्रममा स्वस्तिमाले फेस अफ कर्णाली याक्सको रूपमा आफु जोडिन पाउँदा निकै खुसी लागेको भन्दै कर्णाली याक्सले कर्णाली अझ धेरै आफ्नो पहिचान बनाउन सफल हुने विश्वास व्यक्त गरिन् ।
उनले भनिन्, “फेस अफ कर्णाली याक्सको रूपमा जोडिन पाउदा मलाई निकै खुसी लागेको छ । कर्णाली आफ्ना्े छुट्टै संस्कृति र पहिचानले पहिले देखि नै एकदमै धेरै धनि छ । तर मलाई विश्वास छ अझ झनै यो कर्णाली याक्सले त्यसमा महत्वपूर्ण भस्मिका निर्वाह गर्ने छ ।”
उनले खेलकुदको समर्थक हुनका लागि प्राविधिक रूपमा जानकार नै हुनु पर्ने भन्दा देशलाई विश्वसामु चिनाउने चाहाना हुुनुपर्ने बताइन् ।
मंसिर १६ गते सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णालीसहित ८ टोलीको सहभागिता रहनेछ ।