images
images

ट्रम्प विजयी भएको औपचारिक घोषणा हुन बाँकी, तर विश्व समुदायबाट आउन थाले बधाई

ट्रम्प विजयी भएको औपचारिक घोषणा हुन बाँकी, तर विश्व समुदायबाट आउन थाले बधाई

बुधवार, कार्तिक २१ २०८१
बुधवार, कार्तिक २१ २०८१
  • ट्रम्प विजयी भएको औपचारिक घोषणा हुन बाँकी, तर विश्व समुदायबाट आउन थाले बधाई
    images
    images

    रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति पदमा आफ्नो जित भएको दाबी गरेका छन् । फ्लोरिडामा आयोजित सभालाई सम्बोधन गर्दै उनले आफ्नो जित भएको बताएका हुन् । 

    औपचारिक घोषणा नभए पनि उनको जित सुनिश्चित भएपनि विश्व समुदायबाट बधाई आउन थालेको छ । बेलायतका प्रधानमन्त्री किर स्टार्मरले ट्रम्पलाई ऐतिहासिक जितका लागि बधाई दिएका छन् ।

    सामाजिक सञ्जाल ‘एक्स’ (ट्वीटर) मार्फत बधाई दिँदै बेलायती प्रधानमन्त्री स्टार्मरले ट्रम्पसँग मिलेर काम गर्न इच्छुक रहेको जनाएका छन् ।

    फ्रेन्च राष्ट्रपति इमानुएल माक्रोंले पनि ट्रम्पलाई बधाई दिँदै सहकार्यका लागि उत्सुक रहेको जनाएका छन् ।

    इटालीका प्रधानमन्त्री ज्योर्जा मेलोनीले ट्रम्पलाई बधाई दिँदै इटाली र अमेरिकाबिच अटुट गठबन्धन, साझा मूल्य र ऐतिहासिक मित्रता रहेको र सम्बन्ध अझ मजबुत हुने उल्लेख गरेकी छन् । 

    यस्तै, हङ्गेरीका प्रधानमन्त्री ओर्बान भिक्टरले पनि ट्रम्पलाई शानदार पुनरागमन गरेको भन्दै बधाई दिएका छन् । उनले ट्रम्पको जितलाई ‘विश्वका लागि आवश्यक’ भनेका छन् ।

    भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ट्रम्पलाई जितको बधाई दिँदै उनको अघिल्लो कार्यकालजस्तै आपसमा मिलेर सहकार्य गर्न इच्छुक रहेको उल्लेख गरेका छन् ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार