images
images

पश्चिमी र स्थानीय वायुको प्रभाव : कहाँ कहाँ छ मेघगर्जन र चट्याङ्गसहित बर्षाको सम्भावना ?

पश्चिमी र स्थानीय वायुको प्रभाव : कहाँ कहाँ छ मेघगर्जन र चट्याङ्गसहित बर्षाको सम्भावना ?

मंगलवार, कार्तिक २० २०८१
मंगलवार, कार्तिक २० २०८१
  • पश्चिमी र स्थानीय वायुको प्रभाव : कहाँ कहाँ छ मेघगर्जन र चट्याङ्गसहित बर्षाको सम्भावना ?

    काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशभर आंशिकदेखि साधारणतया बदली  रहि देशका पहाडी भूभागका एक दुई स्थानमा हल्का बर्षा भइरहेको छ।

    images
    images
    images
    images

    मङ्गलबार कोशी प्रदेशलगायत बाग्मती प्रदेश र सुदुरपश्चिम प्रदेश देशका पहाडी भूभागका थोरै र बाँकी पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    देशका उच्च पहाडी तथा हिमाली भू‍भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । बुधबार कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    बिहीबार देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशलगायत देशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। 

    देशका उच्च पहाडी तथा हिमाली भू‍भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक/आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार