काठमाडौं / नेपाल वायुसेवा निगमले माथिल्लो भाडादरमा नेपालीलाई अन्तराष्ट्रिय टिक नबेच्ने भएको छ ।
यहि मंसिर ६ को प्रेस विज्ञप्तिको सन्दर्भमा थप प्रष्ट पार्दै निगमले यस्तो भनेको हो ।
राष्ट्रिय ध्वजावाहकले राष्ट्रिय दायित्व निर्वाह गर्दै निगमको अन्तर्राष्ट्रिय सेक्टरहरुको इकोनोमी क्लासको माथिल्लो भाडादरमा सर्वसाधारणलाई अन्तर्राष्ट्रिय टिकट नबेची सो भन्दा तलको भाडादरमा मात्र बिक्री गर्ने निर्णय भएको विज्ञप्तिमा भनिएको छ ।
निगमले नियमानुसार उपलव्ध गराएको दरभन्दा बढि मुनाफा लिएर कालोबजारी गरेको पाईएमा नियमानुसार कारवाही समेत गर्ने भनेको छ । त्यस्तो भाडा कसैले असुली गरेको पाइएमा सप्रमाण जानकारी गराउन निगमका प्रवक्ता रमेश पौडेलले जानकारी गराएको छ ।