images
images

कर्मचारी अभावले राजविराज भन्सारमा काम गर्न समस्या

कर्मचारी अभावले राजविराज भन्सारमा काम गर्न समस्या

आइतवार, कार्तिक १८ २०८१
आइतवार, कार्तिक १८ २०८१
  • कर्मचारी अभावले राजविराज भन्सारमा काम गर्न समस्या
    images
    images

    कुनौली (सप्तरी) / सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-१ स्थित राजविराज भन्सार कार्यालयमा दरबन्दी अनुसारका कार्मचारी नहुँदा कार्य सम्पादन गर्न समस्या भएको छ । 

    उक्त कार्यालयमा नायव सुब्बा आठ तथा कार्यालय सहयोगी १० जनाको दरबन्दी भए पनि हाल पाँचजना मात्र कार्यरत छन् । 

    कार्यालय प्रमुख सत्यनारायण सिंहका अनुसार हाल कार्यालयमा अहिले एक भन्सार अधिकृत, एक लेखापाल र एक कम्प्युटर अपरेटर तथा तीन कार्यालय सहायक कार्यरत छन् । 

    थोरै जनशक्ति हुँदा कार्य सम्पादन र राजश्व सङ्कलनमा कठिनाइ भएको उनले बताए । 

    राजविराज भन्सार मातहत सप्तरीकै बलानबिहुल गाउँपालिका र डाक्नेश्वरी नगरपालिकामा रहेका दुई छोटी भन्सार कार्यालय पनि कार्यालय सहयोगीको भरमा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको कार्यालय प्रमुख सिंहले बताए । 

    “मूख्य भन्सार कार्यालयमै कर्मचारी अभाव रहेकाले छोटी भन्सार कार्यालयमा कर्मचारी पठाउन समस्या भएको छ”, उनले भने, “यसबारे माथिल्लो निकायमा पाँच पटक पत्राचार गरे पनि सुनवाइ भएको छैन ।”

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार