काठमाडौँ / नबिल बैंकले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश घोषणा गरेको छ।
बैंक सञ्चालक समितिको कात्तिक १३ गते बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो।
जसअनुसार बैंकले चुक्तापुँजीको कुल १० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ।
प्रस्तावित नगद लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने बैंकले जनाएको छ।