images
images

यु १९ राष्ट्रिय क्रिकेटमा सूदुरपश्चिम र मधेश प्रदेशलाई सफलता

यु १९ राष्ट्रिय क्रिकेटमा सूदुरपश्चिम र मधेश प्रदेशलाई सफलता

बुधवार, कार्तिक १४ २०८१
बुधवार, कार्तिक १४ २०८१
  • यु १९ राष्ट्रिय क्रिकेटमा सूदुरपश्चिम र मधेश प्रदेशलाई सफलता
    images
    images

    विराटनगर / विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई पुरुष यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सूदुरपश्चिम र मधेश प्रदेशले विजयी  भएका छन् । प्रतियोगिता अन्तर्गत मंगलबार बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको खेलमा सूदुरपश्चिमले कर्णाली प्रदेशलाई ५ विकेटले पराजित गरेको छ । 

    टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरको खेलमा ३० दशमलव ५ बलमा सवै विकेट गुमाई ७४ रनको झिनो योगफल बनायो । कर्णालीका कप्तान मनिष थापाले सर्वाधिक ४२ रन बनाउँनु बाहेक अन्य ब्याटरले दोहोरो अंक ल्याउन सकेनन् । 

    स्दुरका नरेन साउदले सर्वाधिक ५ विकेट विकेट लिए । उनले ९ ओभरमा ४ मेडन ओभर गर्दै ९ रन मात्र दिए । साउद खेलको प्लेयर अफ म्याच समेत भए । 

    ७५ रनको झिनो लक्ष्य पाएको सूद्रले १८ दशमलव १ बलमा ५ विकेट गुमाउँदै सो लक्ष्य पार गरेको थियो । सूदुरका नरेन भट्टले २८ रन बनाउँदा युवराज खत्रीले २३रन जोडे कर्णालीका यूनिष ठकुरीले सर्वाधिक ३ १ विकेट लिए । सूदुरको २ खेलमा २ अंक छ भने कर्णालीले खेलेको दुवै खेलमा पराजित भएसँगै अंक विहिन छ । 

    त्यसैगरी, मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा आजै भएको अर्को खेलमा मधेशले वागमती प्रदेशलाई ४६ रनले पराजित गरेको छ । टस हारेर ब्याटिङ गरेको मधेशले निर्धारित ५० ओभरको खेलमा ४६ दशमलव ३ बलमा सबै विकेटको क्षतिमा १ सय ४२ रन बनायो । 

    मधेशका इमरान शेखले सर्वाधिक ५४ रन बनाए । वागमतीका दयानन्द मण्डलले सर्वाधिक ३ विकेट विकेट लिए । 

    g.JPG

    १ सय ४३ रनको विजयी लक्ष्य पाएको वागमती ३९ दशमलव ४ बलमा सबै विकेट गुमाउँदै ९६ रन मात्रै बनाउन सक्यो । वागमतीमा रिङजिन लामाले सर्वाधिक नटआउट ३५ रन बनाए । मधेशका राजेश यादवले ३ विकेट लिँदा अफ्रुदिन रैनले पनि ३ विकेट लिए । 

    प्लेयर अफ द म्याच मधेशका इमरान शेख भए । मधेशको ३ खेल २ खेल जित्दै ४ अंकका साथ दोस्रो स्थान छ भने वागमतीको २ खेलमा १ खेलमा जित हात पार्दै पाँचौ स्थानमा रहेको छ ।

    बुधबार बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा लुम्विनी र कर्णाली प्रदेश तथा मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा कोशी र गण्डकी प्रदेशबीच खेल हुनेछ  ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार