images
images

तीन महिनामा १ अर्ब बढीको ‘ड्राई फ्रुटस्’ भित्रियो, भाइ मसला र बत्तीका लागि कति रुपैयाँ बाहिरियो

तीन महिनामा १ अर्ब बढीको ‘ड्राई फ्रुटस्’ भित्रियो, भाइ मसला र बत्तीका लागि कति रुपैयाँ बाहिरियो

बुधवार, कार्तिक १४ २०८१
बुधवार, कार्तिक १४ २०८१
  • तीन महिनामा १ अर्ब बढीको ‘ड्राई फ्रुटस्’ भित्रियो, भाइ मसला र बत्तीका लागि कति रुपैयाँ बाहिरियो

    काठमाडौँ / चालु आर्थिक वर्षको तीन महिनामा चाडवाड लक्षित गरी  ३२ करोड ९ लाख रुपैयाँको नरिवल भित्रिएको छ। आर्थिक वर्ष २०८१/८२ को साउनदेखि असोजसम्म दसैँतिहार र छठ लक्षित गरी ६० लाख ६३ हजार पाँच सय ९५ केजी नरिवल आयात भएको हो ।

    images
    images
    images
    images

    भन्सार विभागका निर्देशक एवं सूचना अधिकारी मुक्तिप्रसाद श्रेष्ठको तथ्याङ्कअनुसार पछिल्लो तीन महिनामा करिब १ अर्ब बढीको ‘ड्राई फ्रुटस्’ भित्रिएको जानकारी दिए । भारत र चीनलगायत देशबाट नरिवलसँगै, काजु, बदाम, अलमण्ड, पिस्ता, सुपारी, खजुर, छोकडा, अन्जिर र किसमिस पनि भित्रिएको उनले बताए । 

    विभागका तथ्याङ्कअनुसार २६ करोड २ लाख रुपैयाँको २ लाख ९८ हजार ९ सय ४६ केजी काजु, १८ करोड ६० लाख रुपैयाँको २ लाख ३२ हजार ६ सय ९३ केजी बदाम र अलमण्ड आयत भएको छ ।२० करोड ९८ लाख रुपैयाँको ६ लाख ७ हजार दुई सय २५ केजी ओखर आयात भएको छ । 

    यस्तै, पिस्ता १२ हजार सात सय ७७ केजी १ करोड ४५ लाख रुपैयाँमा, २१ करोड ६२ लाख रुपैयाँमा १७ लाख १४ हजार चार सय १९ केजी सुपारी, १ करोड ३० लाख रुपैयाँमा १ लाख २४ हजार एक सय ७७ केजी खजुर र छोकडा आयात भएको छ । 

    ४१ हजार ५ सय ५० केजी अंजिर २ करोड ६५ लाख रुपैयाामा, ३ लाख २४ हजार छ सय ७५ केजी किसमिस १० करोड ६२ लाख रुपैयाँमा आयात गरिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । 

    ४ करोड ७४ लाख रुपैयाँ मूल्यमा दिपावलीमा प्रयोग गरिने विभिन्न किसिमका बत्ती आयात भएका छन् ।  विभागका अनुसार यसवर्ष अघिल्लो वर्षको तुलनामा बदाम, अलमण्ड र ओखरको आयात कम भएको छ ।

    तुलनात्मकरुपमा बदाम र अलमण्डको आयात ७ प्रतिशतले कम छ । यस्तै ओखर ४४ दशमलव ६ प्रतिशतले कम आयात भएको छ । अघिल्लो वर्षको तुलनामा यसवर्ष बत्तीको आयात ५८ प्रतिशतले कम भएको तथ्याङ्कले देखाउछ । 

    अघिल्लो वर्ष तीन महिनामा ७ लाख ७८ हजार पाँच सय ८२ थान बत्ती ९ करोड ८४ लाख रुपैयाँ मूल्यमा आयात भएको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार