images
images

निर्जीवन बिमा कम्पनीले पहिलो त्रैमासमा ९.०२ प्रतिशतसम्म बढाए व्यापार, कुन कम्पनीको कति ? (सूचीसहित)

निर्जीवन बिमा कम्पनीले पहिलो त्रैमासमा ९.०२ प्रतिशतसम्म बढाए व्यापार, कुन कम्पनीको कति ? (सूचीसहित)

नेपाल बिमा प्राधिकरणको तथ्याङ्क अनुसार १४ निर्जीवन बिमा कम्पनीहरूको व्यापार गत आवको पहिलो त्रैमासको तुलनामा ९.०२ प्रतिशत बृद्धि भएको हो ।

मंगलवार, कार्तिक १३ २०८१
मंगलवार, कार्तिक १३ २०८१
  • निर्जीवन बिमा कम्पनीले पहिलो त्रैमासमा ९.०२ प्रतिशतसम्म बढाए व्यापार, कुन कम्पनीको कति ? (सूचीसहित)
    काठमाडौँ / चालु आर्थिक बर्ष (आव) २०८१/८२ को पहिलो त्रैमासमा निर्जीवन बिमा कम्पनीहरूको व्यापार ९४ करोड २४ लाख ३३ हजार रुपैयाँले बृद्धि भएको छ । 
     
    नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार हाल नेपालमा सञ्चालित १४ ओटा निर्जीवन बिमा कम्पनीहरूको व्यापार गत आवको पहिलो त्रैमासको तुलनामा समीक्षा अवधिमा ९.०२ प्रतिशत बृद्धि भएको हो । 
     
    गत बर्ष असोज मसान्तसम्म जीवन बिमा कम्पनीहरूले १० अर्ब ४४ करोड५५ लाख ५० हजार रुपैयाँ बराबरको व्यापार गरेकोमा यस बर्ष सोही अवधिमा ११ अर्ब ३८ करोड ७९ लाख ८३ हजार रुपैयाँबढीको व्यापार गरेका हुन् । गत बर्षको तुलनामा चार ओटा बिमा कम्पनीबाहेक बाँकी १० ओटा कम्पनीको व्यापारमा बृद्धि भएको छ । 
     
    नेपाल इन्स्यारेन्सको नाफामा उच्च बृद्धि
     
    असोज मसान्तसम्मको तथ्याङ्क अनुसार तीन महिनामा नेपाल इन्स्यारेन्स कम्पनीको व्यापार उच्च अङ्कले बढेको छ । अन्य कम्पनीको तुलनामा नेपाल इन्स्यारेन्सले एक बर्षमा ६३.७३ प्रतिशतले व्यापार बृद्धि गरेको हो । 
     
    गत बर्ष असोज मसान्तसम्म ३७ करोड ५३ लाख १३ हजार रुपैयाँ बराबरको व्यापार गरेको यो कम्पनीले समीक्षा अवधिमा सो रकम बढाएर ६१ करोड ४५ लाख १९ हजार रुपैयाँ पुर्याएको हो । 
     
    त्यस्तै, दोस्रो स्थानमा ओरिएन्टल इन्स्यारेन्स कम्पनी रहेको छ । यो कम्पनीले गत बर्ष असोज मसान्तसम्म ५२ करोड ५९ लाख १८ हजार रुपैयाँ बराबरको बिमा शुल्क सङ्कलन गरेकोमा यस बर्ष सोही अवधिमा यो रकम ५८.१२ प्रतिशतले बृद्धि गरी ८३ करोड ७३ लाख ७७ हजार रुपैयाँ पुर्याएको हो । 
     
    तेस्रो स्थानमा रहेको नेश्नल इन्स्यारेन्स कम्पनीले यस बर्ष असोज मसान्तसम्म ४१ करोड ७६ लाख १२ हजार रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ । गत बर्ष सोही अवधिमा ३७ करोड २० लाख २१ हजार रुपैयाँ बराबरको व्यापार गरेको कम्पनीको बिमा शुल्क रकम यस बर्ष १२.२५
    प्रतिशतले बृद्धि भएको छ । 
     
    यी हुन् व्यापार घटेका चार कम्पनी
     
    असोज मसान्तसम्मको तथ्याङ्क अनुसार तीन महिनामा चार कम्पनीको व्यापार गत बर्षको तुलनामा घटेको छ । जसमा युनाइटेड अजोड इन्स्यारेन्स, प्रभु इन्स्यारेन्स, हिमालयन एभरेष्ट इन्स्यारेन्स र सानिमा जिआईसी इन्स्यारेन्स कम्पनी रहेका छन् । 
     
    प्रधिकरणको तथ्याङ्क अनुसार तीन महिनाको अवधीमा युनाइटेड अजोड इन्स्यारेन्सको कुल बिमा शुल्क आर्जन ४५.८४ प्रतिशतले घटेको छ । गत बर्ष असोज मसान्तसम्म ७० करोड १८ लाख ३६ हजार रुपैयाँ बराबरको व्यापार गरेको यो कम्पनीले समीक्षा अवधिमा सो रकम घटेर ३८ करोड ९५ हजार रुपैयाँमा सिमित भएको हो । 
     
    त्यस्तै, प्रभु इन्स्यारेन्स कम्पनीले गत बर्ष असोज मसान्तसम्म ५६ करोड ५८ लाख ७५ हजार रुपैयाँ बराबरको बिमा शुल्क सङ्कलन गरेकोमा यस बर्ष सोही अवधिमा यो रकम १५.६६ प्रतिशतले घटेर ४७ करोड ७२ लाख ३१ हजार रुपैयाँ पुर्याएको छ । 
     
    हिमालयन एभरेष्ट इन्स्यारेन्स कम्पनीले यस बर्ष असोज मसान्तसम्म ९१ करोड ८७ लाख ९९ हजार रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ । गत बर्ष सोही अवधिमा ९४ करोड ८३ लाख ११ हजार रुपैयाँ बराबरको व्यापार गरेको कम्पनीको बिमा शुल्क रकम यस बर्ष ३.११ प्रतिशतले घटेको हो । 
     
    यसैगरी, सानिमा जिआईसी इन्स्यारेन्स कम्पनीले यस बर्ष असोज मसान्तसम्म ५८ करोड ८९ लाख ८८ हजार रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ । गत बर्ष सोही अवधिमा ५९ करोड ९४ लाख ६३ हजार रुपैयाँ बराबरको व्यापार गरेको कम्पनीको बिमा शुल्क रकम यस बर्ष १.७४ प्रतिशतले घटेको हो । 
    1.PNG
     
    अन्य कुन कम्पनीको कति ? 
     
    असोज मसान्तसम्ममा राष्ट्रिय बिमा कम्पनीले ५७ करोड ३९ लाख ६९ हजार रुपैयाँ कुल बिमा शुल्क सङ्कलन गरेको छ । यो गत आवको सोही अवधीको तुलनामा ३.४४ प्रतिशतले धेरै हो । गत आवको असोज मसान्तसम्ममा कम्पनीले ५५ करोड ४८ लाख ज हजार रुपैयाँ बराबरको कुल बिमा शुल्क आर्जन गरेको थियो । 
     
    यस्तै, नेको इन्स्यारेन्स कम्पनी व्यापार ६.८० प्रतिशतले बढेर ८९ करोड ७५ लाख ५३ हजार रुपैयाँ पुर्याएको छ । गत बर्ष कम्पनीको यस्तो व्यापार ८४ करोड ३ लाख ९५ हजार रुपैयाँ रहेको थियो । 
     
    शिखर इन्स्यारेन्स कम्पनीले तीन महिनाको अवधीमा १ अर्ब १२ करोड ५९ हजार रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ । जस गत बर्षको सोही अवधीको तुलनामा ७.५६ प्रतिशतले बढी हो । गत बर्ष कम्पनीले १ अर्ब ४ करोड १२ लाख ९७ हजार रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको थियो । 
     
    एनएलजी इन्स्यारेन्स कम्पनीले व्यापार ११.३५ प्रतिशतले बढेर ७५ करोड २२ लाख ९ हजार रुपैयाँ पुर्याएको छ । गत बर्ष कम्पनीको यस्तो व्यापार ६७ करोड ५५ लाख ३३ हजार रुपैयाँ रहेको थियो ।
     
    सिद्धार्थ प्रिमियर इन्स्यारेन्स कम्पनीले व्यापार ९.९८ प्रतिशतले बढेर १ अर्ब १७ करोड १९ लाख ८५ हजार रुपैयाँ पुर्याएको छ । गत बर्ष कम्पनीको यस्तो व्यापार १ अर्ब ६ करोड ५५ लाख४७ हजार रुपैयाँ रहेको थियो । 
     
    सगरमाथा लूम्बिनी इन्स्यारेन्स कम्पनीले व्यापार ९.०५ प्रतिशतले बढेर १ अर्ब ४३ करोड ६३ लाख ४१ हजार रुपैयाँ पुर्याएको छ । गत बर्ष कम्पनीको यस्तो व्यापार १ अर्ब ३१ करोड ७६ लाख ८८ हजार रुपैयाँ रहेको थियो ।
     
    आइजिआई प्रूडेन्सियल इन्स्यारेन्सले तीन महिनाको अवधीमा ९० करोड ९ लाख ४६ हजार रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ । जुन गत बर्षको सोही अवधीको तुलनामा ४.५७ प्रतिशतले बढी हो । गत बर्ष कम्पनीले ८६ करोड १५ लाख ८५ हजार रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार