images
images

सांग्रिला डेभलपमेन्ट बैंकले प्रभातफेरी र रक्तदान गरी मनायो २०औँ वार्षिकोत्सव

सांग्रिला डेभलपमेन्ट बैंकले प्रभातफेरी र रक्तदान गरी मनायो २०औँ वार्षिकोत्सव

मंगलवार, कार्तिक १३ २०८१
मंगलवार, कार्तिक १३ २०८१
  • सांग्रिला डेभलपमेन्ट बैंकले प्रभातफेरी र रक्तदान गरी मनायो २०औँ वार्षिकोत्सव
    images
    images

    काठमाडौँ / सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले विभिन्न कार्यक्रमको आयोजना गरी २०औँ बार्षिकोत्सव मनाएको छ । बार्षिकोत्सवको अवसरमा मङ्गलबार बिहान बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौँमा प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको थियो ।

    आज बिहान ६ः३० बजे बैंकको केन्द्रिय कार्यालय बालुवाटार काठमाडौँमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुयोग श्रेष्ठले प्रभातफेरीका सहभागीहरूलाई स्वागत गरेका थिए । 

    केन्द्रिय कार्यालयबाट सुरु भएको प्रभातफेरी भाटभटेनी, टंगाल, लक्ष्मण बाबु भवन, नक्साल पेट्रोल पम्प, नारायण चौर, नागपोखरी, उत्तरढोका, गैरीधारा हुँदै बैंकको केन्द्रिय कार्यालय, बालुवाटारमा आएर सम्पन्न गरिएको थियो । 

    आम जनतामा जनचेतना पुर्याउने उद्देश्यले बैंकले सो प्रभातफेरी कार्यक्रममा बैंकले डिजिटल साक्षरता सम्बन्धि विभिन्न व्यानरहरू प्रदर्शन गरेको थियो । प्रभातफेरी कार्यक्रमपश्चात बैंकका सञ्चालक समितिका अध्यक्ष उज्जवल सत्यालले बैंकको २०औं वार्षिकोत्सवसम्बन्धमा मन्तव्यसमेत राखेका थिए । 

    साथै, वार्षिकोत्सवकै अवसर पारेर केन्द्रिय कार्यालय काठमाडौँ, पोखरा क्लष्टर, नेपालगञ्ज क्लष्टर र बर्दिबास शाखामा गरिएको रक्तदान कार्यक्रममा जम्मा २५१ जना व्यक्तिहरूले रक्तदान समेत गरेका थिए । 

    बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ११२ शाखा कार्यालयहरु, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार